
काठमाडौं । निर्वाचन आयोगले कानुनअनुसार दल दर्ता गर्दाको पार्टीको विधान र त्यस बखत आयोगमा रेकर्ड भएका केन्द्रीय सदस्यको आधारमा अघि बढ्ने आयोगले तयारी गरेक बताइको छ । यसैबिचमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्यको विवरण अद्यावधिक गरेर निर्वाचन आयोगलाई पठाएको २६० सदस्य संङख्यालाई आयोगले तत्काल मान्यता नदिने बताएको छ । नेता माधवकुमार नेपाल पक्षले भने, निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको अवस्थामा आयोगले एमालेको २०३ सदस्यीय साबिककै केन्द्रीय कमिटीलाई मान्यता दिने भएको छ ।
त्यस्तै निर्वाचन आयोगले माधव नेपाल पक्षलाई फरक पार्टी ‘नेकपा एकीकृत समाजवादी’ दर्ताका लागि सनाखत गर्न आगामी भदौ ९ गते बोलाएको छ । सनाखतका क्रममा नेपाल पक्षले अब २६० को २० प्रतिशत नभई २०३ बाटै २० प्रतिशत र्पुयाउँदा हुने आयोले जानकारी गराएको छ । एमाले अध्यक्ष ओलीले अद्यावधिक गरेको २६० सदस्यीय केन्द्रीय कमिटीलाई आयोगले आधार नमान्ने भएको छ ।
गत भदौ १ गते एमाले पार्टीको निर्णयको आधिकारिक माइन्युटसहित एमालेले केन्द्रीय सदस्यहरूको नाम थपेर २०३ को ठाउँमा २६० पारेर आयोगलाई विवरण दिएको थियो भने, माधव नेपालले गत भदौ २ गते निर्वाचन आयोगमा एमालेका २०३ केन्द्रीय सदस्यमध्ये ५८ सहित अरू केन्द्रीय सदस्य समेत थपेर नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । आयोगले ओली पक्षले थपेका केन्द्रीय सदस्यलाई मान्यता नदिने भएसँगै नेता नेपालले आयोगमा बुझाएका ५८ मध्ये ४१ केन्द्रीय सदस्य भए पनि पुग्ने देखिएको आकलन गरिएको छ । अध्यक्ष केपी शर्मा ओलीले कारबाही गरेका १४ जनाले मान्यता नपाएको खण्डमा पनि नेता नेपाललाई आवश्यक संङख्या भने पुग्ने देखिएको छ । यस्तै संशोधित कानुन अनुसार भने, २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद संङख्या भनिएकाले नेता नेपाललाई पार्टी गठन गर्न सांसदको आधारमा प्रतिनिधि सभाका १२१ र राष्ट्रिय सभाका ३३ गरी भने १५४ जना सांसदको २० प्रतिशत हुँदा ३१ जना सांसदको आवश्यक पर्ने देखिएको छ । माधव नेपालले पक्षले भने आयोगमा केन्द्रीय सदस्यका रूपमा बुझाएका नयाँ सदस्यहरूले पनि मान्यता नपाउने आयोगले बताएको छ । नयाँ दलले वैधानिकता पाइसकेपछि जतिजनाको केन्द्रीय कमिटी बनाएता पनि त्यसलाई आयोगले मान्यता दिने आयोगले जानकारी गराएको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
Related
















Total views : 347524










