काबुल विमानस्थलमा ठेलमठेल हुँदा किचिएर ४ जनाको मृत्यु | Jana Aawaj News

काबुल विमानस्थलमा ठेलमठेल हुँदा किचिएर ४ जनाको मृत्यु

पढ्न लाग्ने समयः < 1 मिनेट
काबुल विमानस्थलमा ठेलमठेल हुँदा किचिएर ४ जनाको मृत्यु : Jana Aawaj News

एजेन्सी । अफगानिस्तानको राजधानी काबुल विमानस्थलमा ठेलमेठेल हँुदा किचिएर ४ जनाको मृत्यु भएको बताइएको छ । तालिबानको कब्जापछि शहर छोडेर भाग्न खोजेका मानिस हामिद कारजाई विमानस्थलमा भेला भइरहेका छन् ।
यस्तै विमानस्थलको प्रवेशद्वार बाहिर सुरक्षा जोखिम रहेको भन्दै अमेरिकी दूतावासले आफ्ना नागरिकलाई विमानस्थलबाट टाढै रहन चेतावनी समेत दिएका छन् । हजारौं स्थानीय तथा विदेशीहरू चर्को विमानस्थलबाहिर जम्मा भएर देश छोड्न पाइने आशामा प्रतीक्षा गरिरहेका छन् ।
त्यस्तै बेलायतको स्काई न्युजका प्रमुख संवाददाता स्टुअर्ट रामसेले शनिवार काबुल विमानस्थलको सबैभन्दा खराब दिन भएको जानकारी गराएका छन् । ।
विमानस्थलमा भागाभाग र ठेलमठेल भएसँगै काबुल शहरमा पनि हिंसा भड्किएको हो । भीडमा मानिसलाई लट्ठीले निर्मम तरिकाले कुटपिट समेत गरिएको बताइएको छ ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा सामाखुशी, टोखामा ‘Blue Carbon’ अभियान अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न
2 ASEZ WAO द्धारा ललितपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
3 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
4 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न