राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक | Jana Aawaj News

राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

पढ्न लाग्ने समयः < 1 मिनेट
राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक : Jana Aawaj News

काठमाडौँ । नेपाल राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष रोशनबहादुर सिंह र प्रायोजक माई सेकेन्ड टिचरका सहप्रमुख सुलभ बुढाथोकीले सोमबार जर्सी सार्वजनिक गर्नुभएको हो ।
राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्र्सी डिजाइनका लागि झन्डै ५ सय नमुनामध्ये आदर्श पोखरेलले डिजाइन गरेको जर्सीलाई क्यान सदस्य छुम्बी लामा, महाप्रबन्धक रौनक मल्ल, क्रिकेट म्यानेजर विनोद दास र मुख्य प्रायोजक माई सेकेन्ड टिचरको तर्फबाट एक प्रतिनिधि रहेको समितिले उत्कृष्ट छनोट गरेका हुन् ।
यस्तै एक महिनाअघि जर्सी डिजाइनका लागि खुला आह्वान गरिएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको नियमभित्र रहेर राष्ट्रिय झन्डाको रंगसँग मिल्दोजुल्दो हुने गरी डिजाइन गरिएको जर्सी उत्कृष्ट रहेको छनोट समितिको जानकारी गराएको छ । डिजाइनकर्ता पोखरेलले १ लाख रुपैयाँ पुरस्कार पाएका छन् भने, यो जर्सी नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गत ओमान र अमेरिकासम्मिलित त्रिदेशीय शृंखलामा पहिलोपल्ट प्रयोग गर्ने बताइएको छ ।

 

+ posts

 

 

ताजा
1 ASEZ द्वारा हेटौंडा ब्लु कार्बन क्याम्पेन सम्पन्न
2 सूर्यविनायक-५ मा विकासका असि प्रतिशत काम सम्पन्न, अब खानेपानी, सडक बत्ति र सिसि क्यामरा जडानमा लाग्छौं’
3 सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष न्यौपानेको दाबी- ‘चार वर्षमा १५ करोड बराबरको विकास
4 सूनपा-३ मा सार्वजनिक सुनुवाई सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न