आगामी आर्थिक वर्षका लागि योजना तथा कार्यक्रम माग संकलन कार्य सूर्यविनायक वडा नं. १० मा सुरु | Jana Aawaj News

आगामी आर्थिक वर्षका लागि योजना तथा कार्यक्रम माग संकलन कार्य सूर्यविनायक वडा नं. १० मा सुरु

पढ्न लाग्ने समयः < 1 मिनेट
आगामी आर्थिक वर्षका लागि योजना तथा कार्यक्रम माग संकलन कार्य सूर्यविनायक वडा नं. १० मा सुरु : Jana Aawaj News

भक्तपुर । आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वडा, टोल तथा बस्ती स्तरका योजना तथा कार्यक्रम माग संकलन कार्य सूर्यविनायक नगरपालिका वडा नं. १० कार्यालयको आयोजनामा मंगलबारदेखि सुरु भएको छ।

उक्त कार्यक्रममा सुर्यविनायक नगरपालिका वडा नं. १० का वडा अध्यक्ष शिवराम राउतले  वास्तविक विकासका लागि स्थानीय जनताकै चाहना अनुसारका योजनाहरू छनोट हुनुपर्ने कुरामा जोड दिनुभएको थियो । उहाँले टोल-टोलबाट संकलन गरिएका यस्ता योजना तथा कार्यक्रमका मस्यौदाहरूलाई वर्गीकरण गरी नगर सभामा पेश गरिने समेत बताउनुभयो ।

यस्तै कार्यक्रममा उपस्थित सहभागीहरूले आफ्नो क्षेत्रका मुख्य समस्या र समाधानका उपायहरू सहितका योजनाहरू लिखित तथा मौखिक रूपमा प्रस्तुत गरेका थिए।

यसैगरी ‘दिगो विकास, पर्यावरण मैत्री, स्वच्छ, समृद्ध सूर्यविनायक नगर’ भन्ने मूल नाराका साथ वडा कार्यालय प्राङ्गण चितपोलमा आयोजित एक कार्यक्रमकाबीच स्थानीय जनप्रतिनिधि, विभिन्न टोल विकास समितिका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उपस्थितिमा उक्त कार्यको औपचारिक सुरुवात गरिएको थियो।

यस्तै वडा कार्यालयका अनुसार आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटलाई बढी व्यावहारिक र जनमुखी बनाउन तल्लो तहदेखि नै योजनाहरू छनोट गर्न लागिएको हो। कार्यक्रममा उपस्थित स्थानीयहरूले आफ्नो बस्ती र टोलका मुख्य समस्या, पूर्वाधार विकास, खानेपानी, सरसफाइ तथा सामाजिक विकासका क्षेत्रमा समेट्नुपर्ने योजनाहरू लिखित रूपमा टिपोट गराएका थिए । वडा कार्यालयले बस्ती र टोल स्तरबाट संकलन गरिएका यी योजना तथा कार्यक्रमहरूलाई प्राथमिकताका आधारमा वर्गीकरण गरी आगामी नगर सभामा पेस गर्ने  वडा सचिव कुमार राउतले जानकारी दिनुभएको थियो । सर्वसाधारणको प्रत्यक्ष सहभागितामा योजना छनोट गर्दा विकास निर्माणका कार्य पारदर्शी र प्रभावकारी हुने उहाँले बताउनुभयो ।

 

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 वागीश्वरीले बाढी पीडितका लागि ११ लाख ९५ हजार ३३३ रुपैया“ सहयोग
2 जिल्ला-व्यापी अन्तरविद्यालय फुटसलमा विनायक शिक्षा निकेतन प्रथम उपविजेता
3 विश्व मुटु दिवसको अवसरमा ललितपुरमा सचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
4 विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नपाद्वारा संस्कृतिकर्मी, कलाकार, पर्यटन व्यवसायी तथा सांस्कृतिक गुरुहरूको सम्मान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न