
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जानकारी दिएको छ ।
महाशाखाको अनुसार सोमबार बिहान देशका अधिकांश भू–भागमा मौसम सामान्य बदली रहि कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक– दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको बताइएको छ । सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भने भीषण वर्षा भएको छ ।
आज दिउँसो भने देशका अधिकांश स्थानमा मौसम बदली भई वर्षा हुने महाशाखाले जनकारी गराएको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी गराएको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागहरुका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको बताइएको छ ।
आज राति प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा अति भीषण भारी वर्षाको सम्भावाना रहेकोले सचेत हुन आग्रह गरिएको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj





Total views : 295994



