साल्ट ट्रेडिङको २५ प्रतिशत लाभांश प्राप्त गर्ने आज आन्तिम दिन | Jana Aawaj News

साल्ट ट्रेडिङको २५ प्रतिशत लाभांश प्राप्त गर्ने आज आन्तिम दिन

पढ्न लाग्ने समयः < 1 मिनेट
साल्ट ट्रेडिङको २५ प्रतिशत लाभांश प्राप्त गर्ने आज आन्तिम दिन : Jana Aawaj News

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको २५ प्रतिशत लाभांश प्राप्त गर्ने आज सोमबार अन्तिम दिन रहेको छ ।साधारण सभा प्रयोजनका लागि मंगलबार कात्तिक २ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

आज कार्तिक १ गते सोमबारसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्ने भएका छन् । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६–७७ को वार्षिक साधारण सभा कात्तिक १६ गते बोलाएको छ ।

उक्त सभामा सञ्चालक समितिले गत चैत्रमा घोषणा गरेको २५ प्रतिशत लाभांश प्रस्ताव अनुमोदनका लागि पेश हुनेछ । कम्पनीले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । सभा जुम एप्लिकेसन मार्फत भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुने कम्पनीले जनकारी गराएको छ ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न