राष्ट्रिय सम्मेलन लक्षित रहेर माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै | Jana Aawaj News

राष्ट्रिय सम्मेलन लक्षित रहेर माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

पेरिस डाँडामा बिहान साढे ८ बजेबाट बैठक शुरु

पढ्न लाग्ने समयः < 1 मिनेट
राष्ट्रिय सम्मेलन लक्षित रहेर माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै : Jana Aawaj News

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शुरु भएको छ । बिहान साढे ८ बजेबाट पार्टी मुख्यालय पेरिस डाँडामा सांगठनिक विषयमा केन्द्रित रहेर स्थायी कमिटी बैठक भइरहेको छ ।

आज बसिरहेको बैठकमा राष्ट्रिय सम्मेलनलाई लक्षित गरेर पार्टीले कार्तिक १३ गते वडा सम्मेलन गर्ने जनाएको छ । त्यस्तै मङ्सिर ४ गते पालिकाहरुको सम्मेलन गर्ने प्रस्ताव गरिएको छ । बैठकमा देशको वर्तमान राजनीतिक अवस्थाबारे समेत छलफल भइरहेको बताइएको छ ।

स्थायी समिति सदस्यहरुमध्ये अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जा मन्त्री पम्फा भुसाल, शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देवेन्द्र पौडेल, प्रवक्ता कृष्णबहादुर महरालगायतको उपस्थिति रहेको छ ।

उक्त बैठकमा स्थायी समिति सदस्यहरुमा मातृकाप्रसाद यादव, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, शक्ति बस्नेत, नारायणकाजी श्रेष्ठलगायत सबैजसोको उपस्थिति रहेको बताईएको छ । पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठक पुस ११ देखि १३ गतेसम्म हुने पार्टीको राष्ट्रिय सम्मेलनमा केन्द्रित रहने माओवादी केन्द्रले जानकारी गराएको छ ।

प्रदेश नम्बर १ र बागमती प्रदेशमा सरकार परिवर्तनसँगै कर्णाली प्रदेशमा समेत आफ्नो पार्टीले पाएको मुख्यमन्त्री हेरफेरबारे बैठकमा छलफल हुने जनाइएको छ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न