गृह मन्त्रालयले धमाधम सीडीओहरुको सरुवा गर्दै | Jana Aawaj News

गृह मन्त्रालयले धमाधम सीडीओहरुको सरुवा गर्दै

पढ्न लाग्ने समयः < 1 मिनेट
गृह मन्त्रालयले धमाधम सीडीओहरुको सरुवा गर्दै : Jana Aawaj News

काठमाडौं । गृह मन्त्रालयले धमाधम प्रमुख जिल्ला अधिकारी सीडीओहरुको सरुवा गरिरहेको छ । गत असोज ३१ गतेको मन्त्रीस्तरीय निर्णयबाट सीडीओहरुको काज सरुवा गरिएको छ ।

काज सरुवा हुनेहरुमा कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा तानेर उनको स्थानमा सहसचिव किरण थापालाई उक्त ठाउँमा पठाइएको छ । यस्तै गृह मन्त्रालयका सहसचिव हरिप्रसाद घिमिरेलाई अर्घाखाँची र अर्घाखाँचीका प्रजिअ विष्णु पौडेललाई गृह मन्त्रालयमा तानिएको छ ।
यसैगरी सहसचिव जगन्नाथ पन्तलाई पाल्पाको सीडीओको जिम्मेवारी दिइएको छ भने, पाल्पाका प्रमुख जिल्ला अधिकारी रहेका योगेन्द्रप्रसाद पाण्डेको दशैं अगाडि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ ।

यता राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा उपसचिव पदमा कार्यरत वेदनिधि खनाललाई सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

सरुवा हुनेहरुको सूची सहित ˸

+ posts

 

 

 

 

 

 

 

ताजा
1 दधिकोटमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १५ जनाद्वारा रक्तदान
2 राष्ट्रिय युवा संघ नेपालद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न
3 वान डे क्रिकेट एकेडेमीसँग विनायकको सहकार्य
4 परमेश्वरको मण्डलीद्वारा फिदिम नयाँ बसपार्कमा सरसफाइ कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न