
काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । कात्तिक ६ बाट शुरु हुने वडा र पालिका अधिवेशनको लागि आवश्यक नीतिगत निर्णय गर्न स्थायी कमिटी बैठक बोलाएको बताइएको छ । अध्यक्ष केपी शर्मा ओलीसँग छलफलपछि महासचिव ईश्वर पोखरेलले विहीवारका लागि बैठक बोलाएको जानकारी गराउनुभयो ।
बुधबार नेकपा एमाले कास्कीको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले वर्तमान सरकारमा रहेका दलहरूलाई विदेशीसामु घुँडा टेक्नेहरूको गठबन्धन रहेको बताउदै पाँचदलीय गठबन्धन राष्ट्रिय स्वाधीनता, समृद्धि र यसको बाहक एमालेविरुद्धको गठबन्धन भएको आरोप समेत लगाउनु भएको छ ।
यस्तै भोलि बस्ने भनिएको बैठकमा विधान महाधिवेशनको समिक्षा गर्ने र तल्ला तहका अधिवेशनहरुको लागि केन्द्रबाट दिइने मार्गदर्शन तथा १० बुँदे कार्यन्वयनमा समस्या भएका ठाउँहरुको बारेमा समेत टुंगो लगाउने बताइइको छ ।
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन यहि मंसिरमा हुन लागेको छ । विधान महाधिवेशनपछि पहिलो पटक बस्न लागेको बैठकमा समग्र विषयमा छलफल हुने बताइएको छ ।
- 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 - 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 - 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 - 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 




 Total views : 295865
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                        
                                                        
                                                        
                                                        
                                                        
                                                        


