नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै | Jana Aawaj News

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

विधान महाधिवेशनपछि पहिलो बैठक नितिगत निर्ण गरिने

पढ्न लाग्ने समयः < 1 मिनेट
नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै : Jana Aawaj News

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । कात्तिक ६ बाट शुरु हुने वडा र पालिका अधिवेशनको लागि आवश्यक नीतिगत निर्णय गर्न स्थायी कमिटी बैठक बोलाएको बताइएको छ । अध्यक्ष केपी शर्मा ओलीसँग छलफलपछि महासचिव ईश्वर पोखरेलले विहीवारका लागि बैठक बोलाएको जानकारी गराउनुभयो ।

बुधबार नेकपा एमाले कास्कीको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले वर्तमान सरकारमा रहेका दलहरूलाई विदेशीसामु घुँडा टेक्नेहरूको गठबन्धन रहेको बताउदै पाँचदलीय गठबन्धन राष्ट्रिय स्वाधीनता, समृद्धि र यसको बाहक एमालेविरुद्धको गठबन्धन भएको आरोप समेत लगाउनु भएको छ ।

यस्तै भोलि बस्ने भनिएको बैठकमा विधान महाधिवेशनको समिक्षा गर्ने र तल्ला तहका अधिवेशनहरुको लागि केन्द्रबाट दिइने मार्गदर्शन तथा १० बुँदे कार्यन्वयनमा समस्या भएका ठाउँहरुको बारेमा समेत टुंगो लगाउने बताइइको छ ।

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन यहि मंसिरमा हुन लागेको छ । विधान महाधिवेशनपछि पहिलो पटक बस्न लागेको बैठकमा समग्र विषयमा छलफल हुने बताइएको छ ।

 

+ posts

 

 

ताजा
1 दधिकोट अन्तर समूह फुटसल प्रतियोगिताको उपाधि गाम्चा फुटसल क्लबलाई
2 सिरुटारको वडा कार्यालय भवन निर्माण गर्न एक करोडको जग्गा दान, तीन करोड ४० लाखमा बन्दै कलात्मक सुविधा सम्पन्न भवन
3 दधिकोटमा अन्तर समूह फुटसल प्रतियोगिता हुने
4 विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न