भक्तपुर, भदौ १४ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २, दुवाकोटस्थित प्रहरी प्रभाग दुवाकोटलाई दुई थान बेड (खाट) सौजन्यस्वरूप हस्तान्तरण गरिएको छ। प्रज्ञा इङ्गलिस सेकेन्डरी स्कुलको तर्फबाट प्रहरी प्रभागलाई सो सहयोग उपलब्ध गराइएको हो।
विद्यालयका प्रधानाध्यापक टंक प्रसाद सिटौलाको विशेष पहलमा उक्त बेडहरू हस्तान्तरण गरिएको हो। एक औपचारिक कार्यक्रमका बीच आयोजित हस्तान्तरण समारोहमा चाँगुनारायण-२ का वडा अध्यक्ष सोम प्रधान, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डि.बि. थापा तथा प्रहरी प्रभाग दुवाकोटका प्रमुख लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमका वक्ताहरूले विद्यालय परिवारले देखाएको सामाजिक उत्तरदायित्व, सेवाभाव र सहयोगी भावनाको उच्च प्रशंसा गरेका थिए। प्रहरी र शैक्षिक संस्थाबीचको यस्तो सहकार्यले समुदायमा आपसी सद्भाव, सहयोग र सामाजिक जिम्मेवारीको भावनालाई अझ सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news

Related

Total views : 390878