
काठमाडौं । आज सेनाको मुख्यालय जंगी अड्डामा एक कार्यक्रमका बीच चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई सहयोग स्वरुप तीन लाख डोज कोरोनाविरुद्धको खोपसहित स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ ।
कार्यक्रममा १० थान भेन्टिलेटर १०० थान अक्सिजन कन्सन्ट्रेटर सहित ३ लाख डोज भेरोसेल खोप हस्तान्तरण गरेको बताइएको छ । यस्तै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधान सेनापति महारथी प्रभुराम शर्मालाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।
उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रधान सेनापति महारथी शर्माले यस सहयोगको लागि मित्रराष्ट्र चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद ज्ञापन गर्नुभयो । उक्त सहयोगबाट नेपाली सेनाका सकलदर्जा एवं प्राथमिकताका आधारमा हिताधीकारीहरु समेत लाभान्वित हुने र यसबाट महामारी विरुद्धको लडाइमा नेपाली सेना थप प्रभावकारी रुपमा नेपाली जनताको सेवामा लाग्न सक्षम हुने तथा दुई देशका सेनाबीच रहेको सम्बन्ध थप मजबुद हुने बताउनुभएको थियो ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj





Total views : 295927



