
काठमाडौं । सर्वोच्च अदालतमा पत्रकारहरूलाई पूर्ण निषेध गरिएको छ । सर्वोच्च अदालत छिर्न छुट्टै कार्डको व्यवस्था गरिएको हुन्छ ।
सो कार्डबाट पनि छिर्न नदिएको पत्रकारहरूले जानकारी गराएका छन् । ‘भित्रबाट कुनै पनि पत्रकारलाई छिर्न नदिनु भन्ने आदेश आएको बताइएको छ ।
नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सर्वोच्च अदालतको गेटमाआज पनि निरन्तर धर्ना दिएका छन् । सोही कुरालाई मध्यनजर गर्दै सर्वोच्च अदालत परिसरमा सुरक्षाकर्मी पनि बढाइएको छ ।
यस्तै, केहीबेर अघि मात्रै सर्वोच्चको गेट अगाडि प्रधानन्यायाधीशको पक्षमा नाराबाजी गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj





Total views : 295912



