आईसीसी विश्वकप लिग २ को खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेल अमेरिकासँग खेल्ने | Jana Aawaj News

आईसीसी विश्वकप लिग २ को खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेल अमेरिकासँग खेल्ने

पढ्न लाग्ने समयः < 1 मिनेट
आईसीसी विश्वकप लिग २ को खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेल अमेरिकासँग खेल्ने : Jana Aawaj News

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले बुधवार त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको छ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाल, ओमान र संयुक्त राज्य अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय खेलको तालिका सार्वजनिक भएको हो ।

यस्तै खेल तालिका अनुसार नेपालले पहिलो खेल भदौ २८ गते सेप्टेम्बर १३ मा संयुक्त राज्य अमेरिकासँग खेल्ने भएको छ । त्यस्तै दोस्रो खेलमा नेपालले आयोजक राष्ट्र ओमानसँग भदौ २९ गते सेप्टेम्बर १४ मा प्रतिस्पर्धा गर्ने भएको छ । त्यस्तै तेस्रो खेलमा नेपालले संयुक्त राज्य अमेरिकासँग असोज १ सेप्टेम्बर १७ मा प्रतिस्पर्धा गर्नेछ । यस्तै चौथो खेल असोज ३ सेप्टेम्बर १९ मा नेपालले ओमानविरुद्ध खेल्ने तालिका रहेको छ ।

सिरिजका लागि १७ खेलाडी सहित २२ सदस्सीय टोली ओमान पुगिसकेका छन् । ओमानमा गरिएको नेपाली टोलीको पीसिआर टेस्टको रिपोर्ट पनि नेगेटिभ आइसकेको छ । लिग २ सिरिज अघि नेपालले पपुवा न्युगिनी पीएनजीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । नेपाल र पीएनजीबीचको खेल भदौ २० र २३ सेप्टेम्बर ५ र ८ मा खेलिने भएको छ । ओमान प्रस्थान गर्ने टोलीहरुमा ज्ञानेन्द्र मल्ल कप्तान, कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, अविनाश बोहरा, सुशन भारी, शरद भेषवाकर, विक्रम सोब, पवन सर्राफ र रोहितकुमार पौडेल रहेका छन् ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सूर्यविनायक नगरपालिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने 
2 अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनद्वारा भरतपुरमा ९४२ औँ रक्तदान कार्यक्रम सम्पन्न
3 प्रहरी प्रभाग दुवाकोटलाई दुई थान बेड हस्तान्तरण
4 चाँगुनारायणमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया सुरु, पहिलो चरणमा ५ जनाको सफल अप्रेसन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न