१० हजार नागरिक काबुल विमानस्थलमा उद्धारको पखाईमा | Jana Aawaj News

१० हजार नागरिक काबुल विमानस्थलमा उद्धारको पखाईमा

पढ्न लाग्ने समयः < 1 मिनेट
१० हजार नागरिक काबुल विमानस्थलमा उद्धारको पखाईमा : Jana Aawaj News

काठमाडौं । काबुल विमानस्थलमा अझै १० हजार नागरिक उद्धारको पखाईमा रहेको बताइएको छ । अफगानिस्तानको विमानस्थलमा भेला भएर बसेका उनीहरुलाई सुरक्षित रुपमा उद्धार गर्ने प्रयास भइरहेको अमेरिकाले बताएको छ ।

अफगानिस्तानबाट अमेरिकाले अहिलेसम्म ८२ हजारभन्दा बढीलाई उद्धार गरिसकेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बुधबारसम्ममा ८२ हजार ३०० भन्दा बढी मानिसलाई उद्धार गरिएको जानकारी गराएको हो ।

यस्तै अमेरिकी अधिकारी मेजर जनरल हेक टेलरले उद्धारको पर्खाइमा रहेका सबैलाई सुरक्षित त्यहाँबाट बाहिर निकाल्न आफूहरु केन्द्रित भएको बताउनुभएको छ । अमेरिकाको रक्षा मन्त्रालयले जति सक्दो छिटो काबुल विमानस्थलमा रहेकाको उद्धार गर्ने जनाएको छ ।

+ posts

 

 

ताजा
1 तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु
2 चाँगुनारायण बन्दै देशकै पहिलो “योग नगर”
3 दधिकोटमा पाँच तले सुविधा सम्पन्न नगर अस्पताल भवन बन्ने
4 चाँगुनारायणलाई नेपालकै पहिलो ‘योगमय पालिका’ बनाउन  जुट्दैछौँ : नगरप्रमुख खत्री
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न