
काठमाडौं । आज नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । वरिष्ठ नेता माधव कुमार नेपालले पार्र्टी विभाजन गरेपछि पहिलो पटक केपी ओली नेतृत्वको एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको बताइएको छ ।
यसैगरी आज एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले तुल्सीलाल स्मृति प्रतिष्ठानमा मध्यान्ह १२ बजेका लागि बैठक बोलाइएको जानकारी गराउनुभएको छ । आज बस्न लागेको बैठकले पार्टी विभाजन पछिको आगामी रणनीति तथा पार्टीको समीक्षा, पार्टीको र दल अदलबदललाई कसरी रोक्ने भन्ने विषयमा रणनीति बनाइने कार्यसूची रहेको बताइएको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj