
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको १८ हजार कित्ता शेयर आज बिहीवारदेखि विक्रीमा रहेको जानकारी गराएको छ ।
आजबाट सोहि कम्पनीको संस्थापक शेयरधनी आशिष राज पाण्डेको नाममा रहेको उक्त शेयर प्रतिकित्ता रू, ६७५ मुल्य तोकेर विक्री खुला गरिएको बताइएको हो ।
कम्पनीले भदौ १० गते ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयरधनीहरुले उक्त शेयर खरीद गर्न चाहेमा तोकिएको अवधिभित्र शेयर संख्या र दर उल्लेख गरी कम्पनीको केन्द्रिय कार्यालय, कमलपोखरी, काठमाडौंमा रितपूर्वक निवेदन पेश गर्न अनुरोध गरेको छ ।
सोहि म्याद भित्र संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा प्रचलित नियम अनुसार अन्य व्यक्ति संस्थालाई विक्री गरिने समेत कम्पनीले जानकारी गराएको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj