छालिङ्गलाई नमूना वडा बनाउनेछु : अश्विन गिरी | Jana Aawaj News

छालिङ्गलाई नमूना वडा बनाउनेछु : अश्विन गिरी

पढ्न लाग्ने समयः < 1 मिनेट
छालिङ्गलाई नमूना वडा बनाउनेछु : अश्विन गिरी : Jana Aawaj News

भक्तपुर । नेकपा एमालेको तर्फबाट चाँगुनारायण नगरपालिका वडा नं. ५ का वडा अध्यक्षका युवा उम्मेदवार हुन अश्विन गिरी । उमेर भर्खरै २८ वर्ष लागेका गिरी १९ वर्षको उमेरदेखि समाजसेवामा सक्रिय रहेका गिरीले राजनिती शास्त्रमा स्नातक तह अध्ययन गरेका छन । गिरी आफ्नो जन्मथलोल छालिङ्गलाई नमूना वडा बनाउने र चाँगुनारायण नगरपालिकालाई नै देशभर उत्कृष्ट बनाउन युवा नेतृत्व नै आवश्यक रहेको बताउँछन ।

पार्टी निकट युवा सगंठनको विभिन्न जिम्मेवारीमा रहदैं आएका उनि यहिँ बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको उम्मेदवार बनेका हुन । पार्टीको चुनावी घोषणा पत्रलाई आत्मसाथ गर्दै उनले पनि वडाभित्र आफु निर्वाचित भएमा पाँच वर्षमा नमूना कार्य गरेर देखाउने बताए ।

युवाहरुले नेपालमै सम्भावना देखेर काम गर्नु पर्दछ, यहाँ नै कृषि र पर्यटनका काम गर्ने हो भने विदेशमा गएर पसिना बगाउनु नपर्ने गिरी बताउँछन । नेपालमा अवसर धेरै छ, क्षणिक लाभ देखेर परदेश जानु भन्दा पनि स्वदेशमै रोजगारी सिर्जना गर्न युवाहरु लाग्नु पर्ने उनको भनाई छ ।

कस्ता छन गिरीका चुनावी एजेण्डा :

पाँच वर्षभित्र नमूना वडा बनाउने ।
कृषिलाई आधुनिकीकरण गर्ने ।
युवालाई रोजगार मुलुक बनाउने ।
पर्यटनको संम्भावनालाई मूर्तरुप दिने ।

 

उम्मेदवारहरु :

एमालेबाट नगरप्रमुखमा विना बास्तोला, उपप्रमुखमा रमेश बुढाथोकी वडा नं. ५ को अध्यक्षमा अश्विन गिरी, महिला सदस्यमा नन्दा कार्की, दलित महिला सदस्यमा उर्मिला नेपाली, वडा सदस्यमा देबि नगरकोटी र श्याम बहादुर बाटा रहेका छन ।

+ posts