काठमाडौं । दुई महिना लामो उपचारपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल सोमबार स्वदेश फर्किदै छन् । सफल मृगौला प्रत्यारोपणपछि उहाँ झन्डै साढे २ महिनापछि स्वदेश फर्किन लाग्नु भएको हो ।
मृगौलामा समस्या देखिएपछि खनाल गत असार २ गते उपचारका लागि दिल्ली जानुभएको थियो । स्वास्थ्य अवस्थामा केहि सुधार आएपछि भोलि दिउँसो नेपाल फर्कन लाग्नुभएको हो ।
उपचारका लागि उहाँलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो भने, थप उपचारका लागि दिल्ली लगिएको हो । दिल्ली जाने बेला पार्टीभित्रको विवाद समाधान गर्न अध्यक्ष केपी ओलीलाई विज्ञप्तिमार्फत आग्रह गर्नुभएको थियो । खनालले दिल्लीमा उपचारको क्रममा नै माधवकुमार नेपाल नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादी पार्टीको सनाखत गरेको बताउनुभएको थियो ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
Related

Total views : 347546