
काठमाडौं । वीलभयू फाउण्डेसनको आयोजनामा बुधबार पर्यावरण प्रदूषण कम गराउन काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएकोछ ।
उक्त कार्यक्रममा फाउन्डेसनका २१००जना बढी स्वयम सेवक र स्थानिय बासिन्दा ४०० जनाभन्दा बढी गरी करिब २५०० जनाभन्दा बढीको उल्लेखनीय सहभागिता रहको थियो । कार्यक्रमा प्रमुखअतिथी माननिय डा. राजन भट्टराईले फोहोर टिप्न शुरु गरे संगै सुरु भएको थियो भने फाउण्डेसनका सबै सदस्यहरुले वातावरण स्वच्छ भए जीवन स्वस्थ रहन्छ, भन्ने नारा लगाए संगै अगाडि बढेको थियो ।

वीलभयू फाउण्डेशनले “वातावरण स्वच्छ भए जीवन स्वस्थ रहन्छ” भन्ने नाराका साथ विभिन्न क्याम्पेनहरू जारी गर्दै आएको छ । जस अन्तर्गत पृथ्वीलाई बचाउने (Saving the Earth) जीवन बचाउने (Saving Lives) र मानवता बचाउने (Saving Humanity) गरी मुख्य तीन क्याम्पेन रहेका छन् । यी क्याम्पेन जारी गरे संगै फाउण्डेशनले सधैं वातावारण संरक्षणका अभियन्ताहरू, नागरिक समाज तथा सम्बन्धित सरोकारवालाहरू सबैमा सचेत भइ सहयोग गर्न आव्हान समेत गरेको छ ।

वीलभयू फाउण्डेशनले बिगतमा भुकम्प पिडितलाई उद्दार र राहत वितरण, कोभिडको माहामारीमा जोखिम कम गराउन मास्क तथा स्यानिटाइजर वितरण गरेको थियो । साथै पिउने पानीको असुविधाले ग्रस्त विद्यालयमा सफा पानी सुविधा प्रदान गरेको छ, किशोरावस्थाका विद्यार्थीहरुमा असल चरित्र र विवेक निर्माण हुन सक्ने गरी थुप्रै विद्यालयहरुमा पुस्तकालयहरुको निर्माण गरेको छ । त्यसैगरी रक्त आपूर्तिलाई सहजपार्नसमय(समयमा रक्तदान अभियान सञ्चालन अनि मौसमपरिवर्तनको जोखिम न्यूनीकरण गर्न वातावरण संरक्षण गरी, राष्ट्रव्यापी रूपमा सडक, पार्क तथा नदी सरसफाई क्यामपेनहरु पनि निरन्तर गरिरहेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी परराष्ट्रविद माननिय डा.राजन भट्टराईले वीलभयू फाउण्डेसनले लिएको आमाको प्रेम सारा संसारमा भन्ने मूल नारालाई मुक्त कण्ठले सराहना गर्नुभयो । साथै युरोप लगायत चिन जस्ता विकसित मुलुकहरूको उदाहरण पेश गर्दै अहिलेको मानव समाज भौतिक सभ्यता विकासको उत्कर्षमा पुगेको भएपनि प्रकृतिको संरक्षण र संवर्धनको सवालमा भने निकै उदासीन हुँदै गएको कुरा प्रति खेद व्यक्त गर्नुभयो ।अनि व्यक्तिवाद हाबि हुँदै गएको वर्तमान परिप्रेक्ष्यमा ‘म होइन तर हामी’ भन्ने मर्मलाई आत्मसात गर्दै समाज र राष्ट्र अनि समग्र विश्वको हितार्थ काम गरेको वी लभ यू फाउण्डेशनले साँच्चै संसारमा परिवर्तन ल्याउन सक्ने कुरामा विश्वस्त रहेको बताउनु भयो । अनि फाउण्डेसनद्वारा गरिँदै आएको नदी बचाऊ अभियान तथा पर्यावरणीय सरसफाई लगायतका यस्ता अन्य कार्यहरू प्रत्यक्ष रूपमा मानव जीवनसँग सरोकार राख्ने भएकाले यस खाले गतिविधिको उपदेयता अन्य कुनै कार्यक्रमहरू भन्दा अत्याधिक रहेको कुरामा जोड दिनुभयो । साथै यस्ता सान्दर्भिक र बहुआयामिक गतिविधिहरूद्वारा विश्व मानव समाज बचाउन सक्रिय भूमिका निर्वाह गर्दै आएको वीलभयू फाउण्डेशनलाई सधैं दत्त चित्त भई तदारुकताका साथ आगामी दिनमा आफूले साथ र सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि गर्नुभयो ।

यसैगरी बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रमुख मिठाराम अधिकारीले स्वयंसेवाद्वारा मानव सेवा गर्न उद्दत रहेको वीलभयू फाउन्डेसनको सदस्यहरूको सकृयता आफैमा उदाहरणीय भएको बताउनुहुँदै यस किसिमको जागरूकताले विश्व वातावरण संरक्षणको वर्तमान टड्कारो आवश्यकता सजिलै परीपूर्ति गर्न सकिने र अमूल्य मानव जीवन बचाउन सकिने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रमको अन्त्यमा समय दिनुभएर सहभागी हुनुभएका प्रमुखअतिथी, अतिथीहरु, प्रहरी, मिडियाकर्मी र स्वास्थ्यकर्मी, सम्पूर्ण स्वयंमसेवकहरु, स्थानीय बासिन्दा, र स्थान उपलब्ध गराउनुहुने उद्धारमा. वि.परिवार सबैलाई वीलभयू फाउण्डेशनको तर्फबाट अध्यक्ष श्री शोभाकर घिमिरेले धन्यवाद दिँदै पृथ्वीलाई बचाउने (Saving the Earth) जीवन बचाउने (Saving Lives) र मानवता बचाउने (Saving Humanity) भन्ने यो अभियान शुरु गर्नुहुने अन्तरष्ट्रिय वी लभ यू फाउण्डेशनकी अध्यक्ष श्रीजाङ गील जाज्यूलाई स्मरण गर्दै “आमाकोमनद्वारा मानव जातिको खुशी’’ को निम्ति प्रयत्न गर्दै आएको वी लभ यू फाउण्डेशनले आगामी दिनहरुमा पनी विश्वका हरेक देशसंग सहकार्य गर्दै संसार भरिका मानिसहरु खुशी हुन सक्नेगरी आशाको पाइलालाई निरन्तर अगि बढाउने बताउनुभयो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि परराष्ट्रविद माननिय ड. राजन भट्टराई, अतिथिहरूमा राष्ट्रिय दलित आयोगका सदस्य (माननिय सुन्दर पुर्कुटी, बुढानिलकण्ठ नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news





Total views : 295916



