यू १९ विश्वकपक, पहिला नेपाल भारतविरुद्ध बलिङ गर्दै | Jana Aawaj News

यू १९ विश्वकपक, पहिला नेपाल भारतविरुद्ध बलिङ गर्दै

पढ्न लाग्ने समयः < 1 मिनेट
यू १९ विश्वकपक, पहिला नेपाल भारतविरुद्ध बलिङ गर्दै : Jana Aawaj News

काठमाडौं । यू १९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्स खेलमा शुक्रबार नेपालले अन्तिम खेल खेलिरहेको छ ।

दक्षिण अफ्रिकामा आयोजित उक्त खेलमा टस हारेर नेपालले पहिला बलिङ गरिरहेको छ । यसैगरी सुपर सिक्समा नेपाल पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो । प्रतियोगिताको सेमिफाइनलबाट नेपाल यसअघि नै बाहिर रहेकाले यो नेपालको अन्तिम खेल भएको छ ।

आज भईरहको खेलमा नेपालले टिम परिवर्तन गरेको छ । आजको खेलमा आकाश त्रिपाठी, विपिन रावल र दीपक बोहरा बाहिर रहेका छन् भने, दीपक बोहोरा, दीपक डुर्मे र उत्तम मगर टिममा रहेका छन् ।

आजको खेलमा नेपालका लागि गुलशन झाले पहिलो विकेट लिएका छन् । उनले भारतीय ओपनर आदर्श सिंहलाई क्याचआउट गराएका हुन् । सिंहले १८ बलमा २१ रन बनाए भने, यता ५ ओभरको समाप्तिमा भारत २६ रन बनाएर खेलिरहेको छ ।

+ posts