१२०० वटा सफल मृगौला प्रत्यारोपण | Jana Aawaj News

१२०० वटा सफल मृगौला प्रत्यारोपण

पढ्न लाग्ने समयः < 1 मिनेट
१२०० वटा सफल मृगौला प्रत्यारोपण : Jana Aawaj News

भक्तपुर । भक्तपुरमा रहेको शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले ११ वर्ष अवधिमा १२०० वटा सफल मृर्गौला प्रत्यारोपण गर्न सफल भएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको छोटो अवधिमा यो सफलता हाँसील गर्न केन्द्रका कार्यकारी निर्देशक साथै कलेजो तथा मृर्गौला पत्यारोपणविद् डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वदायी भूमिका र केन्द्रका सम्पुर्ण कर्मचारीहरुको अथक मेहनत र लगनशीलताले संभव भएको कुरा प्रत्यारोपण केन्द्रले जानकारी गराएको छ ।

स्थापना भएको ११ वर्षमा १२०० वटा मृर्गौला र १८ जनाको कलेजो प्रत्यारोपण ९९ प्रतिशत सफलता हासिल गर्दै यस केन्द्रले नेपालको प्रत्यारोपणको ८० प्रतिशत हिस्सा समेत ओगटेको छ । २०८० मा मात्र १० जनाको कलेजो प्रत्यारोण गरी सकेको थियो भने, आगामी साता थप २ जानाको कलेजो प्रत्यारोपण गर्ने तयारी पुरा गरेको केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

यस केन्द्रमा नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण, मस्तिस्क मृत्यु भएको व्यक्तिबाट मृर्गौला तथा कलेजो प्रत्यारोपण गरेको केन्द्रले देशको सात वटै प्रदेशमा प्रत्यारोपण तथा डाइलाइसि सेवा विस्तार गर्ने नेपाल सरकारको योजनामा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 विनायक शिक्षा निकेतनद्वारा जापान भ्रमणमा जाने टोलीको बिदाइ
2 नेपालभाषा साहित्यको प्रवर्द्धनमा ६५ वर्षदेखि सक्रिय विराट नेपालभाषा साहित्य सम्मेलन हुने
3 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
4 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न