
भक्तपुर । नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र काठमाण्डौ, ललितपुर महानगरपालिका तथा भक्तपुर नगरपालिकाका प्रमुख र उपप्रमुखहरुबीच शनिबार भेटघाट भएको छ ।
कार्यकालको अन्तिम समयमा प्रधानसेनापतिको आमन्त्रणमा उहाँकै निवास झम्सीखेलमा आयोजित भेटघाटमा प्रधानसेनापति थापाले नेपाली सेना र स्थानीय तहहरुबीचको सहकार्य अविस्मरणीय रहेको बताउनुहुँदै भक्तपुरको रानीपोखरी जीर्णोद्धारमा नेपाली सेनाले सहयोग गर्न पाएकोमा निकै गौरवान्वित महसुस भएको बताउनुभयो ।
यस्तै नेपाली सेना र उपत्यकाको महानगरपालिका र नगरपालिकाहरुसँगको समन्वयले सार्वजनिक महत्वका धेरै कामहरुमा सफलता हासिल भएको बताउनुहुँदै उहाँले नेपाली सेनासँगको आपसी समन्वय र सहकार्य आगामी दिनहरुमा निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । नेपाली सेनाको मुख्य उद्देश्य भनेकै राष्ट्रको सेवा गर्ने रहेको बताउनुहुँदै उहाँले स्थानीय तहहरुसँगको समन्वय र सहकार्यले विभिन्न गतिविधिहरु सञ्चालन गर्न सहजता प्रदान गर्ने बताउनुभयो ।
सो अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको सल्लाघारीस्थित ऐतिहासिक रानीपोखरी जीर्णोद्धार र सिद्धपोखरीको उत्तरतर्फको खेल मैदान स्थानीयको खेलकुद प्रयोजनका लागि खुल्ला गर्न नेपाली सेनाले खेलेको भूमिका उल्लेखनीय रहेको बताउनुहुँदै उहाँले आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोगको अपेक्षा रहेको बताउनुभयो । उहाँले नेपाली सेनासँगको सुमधुर सम्बन्धको लागि नगरपालिका सँधै सकारात्मक रहेको बताउनुहुँदै भक्तपुर नपाले नगरको सरसफाइमा नेपाली सेनासँग आवश्यकताअनुसार सहकार्य गर्दै कोभिड आउनु पूर्व पाक्षिक रुपमा सरसफाई अभियान सञ्चालन गर्दै आइरहेको अवगत गराउनुभयो । प्रधानसेनापति थापा यही भाद्र २४ गतेदेखि अवकाश प्राप्त गर्दै छन् । सेनाको नियमानुसार एक महिना अघिदेखि बिदामा बस्नु पर्ने भएकाले हाल उहाँ बिदामा बस्नु भएको छ ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले महारथी थापालाई भक्तपुरको प्रसिद्ध मयुर झ्याल, जुजु धौ र नगरपालिकाका महत्वपूर्ण प्रकाशनहरु उपहारको रुपमा दिनुभएको थियो । सोही क्रममा उपरथी थापाले नगर प्रमुखहरुलाई नेपाली सेनाको खुकुरी मायाको चिनोको रुपमा प्रदान गर्नुभएको थियो । कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख गीता सत्याल, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, ललितपुर नपा वडा नं. १८ का वडाध्यक्षको उपस्थिति रहेका थियो ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
Related
















Total views : 347562










