
भक्तपुर । सुर्यबिनायक नगरपालिकाले आफ्नो ८ औं स्थापना दिवस सम्पन्न गरेको छ । आइतबार सूर्यविनायक नगरपालिका वडा नं ५ कटुन्जे स्थित नगरपालिकाको कार्यालय परिसरबाट शान्ति तथा समृद्धी पदयात्रा ८ औं स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोटका अध्यक्ष प्रदिप कार्की
ले स्वागत मन्तब्य राख्नु हुँदै आफुहरु जनताको सेवामा तल्लिन रहेको बताउनुभयो । नगरपालिका भित्र बढ्दै गएको जनसंख्यालाई रोक्न चुनौतीपूर्ण रहेको बताउदैें नगरपालिकाको बजेट भित्र रहेर जनतालाई सेवा सुविधा दिंदै आएको बताउनुभयो । उहाँले राजनीतिमा प्रतिस्पर्धा र विकासमा एक्यबद्धता रहेको समेत जानकारी गराउानुभयो ।


यस्तै सूर्यविनायक नगरपालिकाको उप प्रमुख सरिता तिम्सिना भट्टराईले स्वागत मन्तब्य राख्नुहुँदै सबै नगरबासीमा नगरपालिकाको तर्फबाट शुभकामना ब्यक्त गर्नुभयो । उहाँले नगरपालिकाले दीर्घकालीन सोचमार्फत दिगो विकास र सुखी नगरवासी बनाउने आफुहरुको धारणा रहेको प्रष्ट पार्नुभयो ।

कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले विगत आठ बर्ष देखि नगरपालिकाले गरेको कार्यहरुको विवरण पेश गर्दै नगरबासीका अपेक्षाहरुलाइ सम्बोधन गर्ने कार्य चुनौतिपूर्ण भएतापनि सिमित स्रोत र साधनको मितव्ययी परिचालन गर्दै नागरिकले देख्ने र अनुभूत गर्न सक्ने अनुकरणीय उपलब्धिहरु हासिल गर्न आफुहरु सफल भएका बताउनुभयो । शून्यबाट सेवा प्रारम्भ गर्नुपर्ने वाध्यात्मक परिस्थितिलाई छिचोल्दै नितिगत संरचनागत कानुनी आधारहरु बनाइ समृद्ध सूर्यविनायकको सपना साकार पार्ने तर्फ पाइलाहरु चालेको बताउनुभयो ।
उहाँले यस सूर्यविनायक नगरपालिकाको समग्र विकासमा योगदान पुर्याउनुहुने नगरवासी दिदिबहिनी, दाजुभाइ, राजनीतिक दल, निजी क्षेत्र नागरिक समाज बुद्धिजीवी संचार माध्यम लगायत सबैमा धन्यवाद दिनुभयो ।

यसैगरी नगरपालिकाले आफ्नो स्थापना दिवसमा सर्वोउत्कृष्ट र उत्कृष्ट करदाताको रुपमा ग्रिन भिलेज हाउजिंङ्ग र निक भुजिक हाउजिंङ्गलाई सम्मान समेत गरेको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले नाचगान, कराते प्रदर्शन, स्काउटको मार्च पास समेत गरेका थिए ।

-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related



















Total views : 351309










