मेक्सिकोमा ७ म्याग्नेच्युडको भूकम्प,क्षतिको विवरण आउन बाकी | Jana Aawaj News

मेक्सिकोमा ७ म्याग्नेच्युडको भूकम्प,क्षतिको विवरण आउन बाकी

पढ्न लाग्ने समयः < 1 मिनेट
मेक्सिकोमा ७ म्याग्नेच्युडको भूकम्प,क्षतिको विवरण आउन बाकी : Jana Aawaj News

एजेन्सी । मेक्सिकोको दक्षिण पश्चिम क्षेत्रमा ७ म्याग्नेच्युडको भूकम्प आएको छ । स्थानीय समयअनुसार मंगलबार राति अमेरिकाको युएस जिओलजिकल सर्भेका अनुसार तटिय सहर अकापुल्कोदेखि ११ माइल टाढा केन्द्रबिन्दु बनाएर शक्तिशाली भूकम्प आएको हो ।
भूकम्पको धक्का २३० माइल टाढाको राजधानी मेक्सिको सिटीसम्म महशुस गरिएको बताइएको छ । मेक्सिको सिटीका घरहरू हल्लिन थालेपछि मानिसहरू आत्तिदै सडकमा निस्किएका थिए ।
समाचार संस्था रोयटर्सका अनुसार मेक्सिकोमा केही दिन यता पानी पनि परिरहेको छ । भूकम्पबाट भएको क्षतिको विवरण भने आइनसकेको बताइएको छ । मेक्सिको सिटीसँग जोडिएको रोमा सहरमा बिजुली समेत अवरूद्ध भएको रोयटर्सले बताएको छ ।

+ posts

 

 

ताजा
1 आज राष्ट्रिय कला संग्रहालयको ६६ औँ स्थापना दिवस
2 थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
3 भक्तपुर नगरका मल्लकालका बहाःहरूको पदयात्राको श्रव्य-दृष्य प्रदर्शन
4 भक्तपुर नगरपालिकाको आ.व. २०८३-८४ का लागि बजेट सर्वसम्मतिबाट पारित
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न