
भक्तपुर । मध्यपुर थिमि नगरपालिकाको २८ औं स्थापना दिवसको आज भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रममा क्षेत्र नं २ भक्तपुरका प्रतिनिधि सभा सदस्य माननीय दुर्लभ थापाले राजनितिमा निर्वाचनमा प्रतिस्पर्दा हुने भएता पनि हामी जनप्रतिनिधिको रुपमा आएपछि आफुले गर्नुपर्ने काम गर्नैपर्ने बताउनुभयो । मध्यपुर नगरपालिकालाई पर्यटकिय गन्तव्य बनाउन सकिने भएकाले यहाँको शैक्षिक केन्द्र, पर्यटकिय केन्द्र र व्यापारिक केन्द्रको रुपमा विकास गर्न सकिने बताउनुभयो । सानोठिमीलाई शैक्षिक केन्द्रको रुपमा विकास गर्ने, परम्परागत बस्ति परम्परागत नाच, जिब्रो छेड्ने ठाँउ, भाडा बनाउने ठाँउ तथा राधेराधेलाई पर्यटकिय ठाँउ बनाउन सकिने बताउनुभयो । सबै जनप्रतिधिले आफुले गर्नुपर्ने विकासको काम इमान्दारिताका साथ गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा वडा नं १ देखि ९ सम्मका ज्येष्ठ नागिरक सम्मान, बिगत लामो समय देखि स्वास्थ्य सेवा मार्फत नगर बासीलाई सेवा पुर्याए बापत स्वास्थ्य महिला स्वयसेविकाहरुलाई १/१ लाख रुपैयाका दरले वितरण गरिएको थियो । स्वास्थ्य महिला स्वंमसेविकालाई कदर पत्र प्रदान, चालु आवमा अवकाश प्राप्त कर्मचारीहरुको विदाई तथा सम्मान कार्यक्रममा शुभ लक्ष्मी श्रेष्ठ, भवानी काफ्ले, सुन कुमार राउत, हरि लक्ष्मी श्रेष्ठ र गंगाराम धेकेलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।





यसैगरी उत्कृष्ट करदाता श्री किरण बहादुर थापा, मथिनपा वडा नं ३, उत्कृष्ट उपभोक्ता समिति धपाहिती परिसर सुधार, वडा नं १, उत्कृष्ट सामुदायिक विद्यालय आदर्श मा.वि., सानोठिमी, उत्कृष्ट संस्थागत विद्यालय जनप्रेमी वल्ड स्कुल, कौशलटार, उत्कृष्ट कर्मचारी रविन भक्त श्रेष्ठ, राजश्व प्रशासन शाखा यस्तै सुर्यविनायक धुलिखेल सडक आयोजना कार्यालयका डि इ राजेन्द्र दास, ई.गगाराम महर्जनलाइ समेत सम्माल गरिएको थियो । नगरपालिकाको २८ औं स्थापना दिवसको अवसरमा नागचा प्याखं नाच र शास्त्रीय नेवारी नृत्य प्रदर्शनहरु समेत गरेको थियो ।


कार्यक्रममा नगरपालिकाको वुलेटिन हाम्रो मध्यपुर थिमि लोकार्पण तथा अनलाईन सिफारिस शुभारम्भ समेत गरिएको थियो ।

मध्यपुर थिमि नगरपालिकाको २८ औं स्थापना दिवस मुल समारोह कार्यक्रममा नगर प्रमुख श्री सुरेन्द्र श्रेष्ठ, माननीय भुवन केशरी श्रेष्ठ, प्रदेश सभासद, बागमती प्रदेश, प्रमुख जिल्ला समन्वय समिति, भक्तपुरका ईश्वर बहादुर थापा, उप प्रमुख विजय कृष्ण श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय भक्तपुर मदनकृष्ण श्रेष्ठ, पूर्व नगर प्रमुख, मुरारी प्रसाद आचार्य, पूर्व उपप्रमुख, अन्जना देवी मधिकर्मी, पूर्व उपप्रमुख, अतिथि नगर सभापतिज्यु, नेपाली कांग्रेस, मध्यपुर थिमि नगर समिति, हरिदास प्रजापति, नेपाल पत्रकार महासंघ, जिल्ला शाखा, भक्तपुरका अध्यक्ष जगत प्रजापति लगाएतको उपस्थिति रहेको थियो ।

-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related















Total views : 344615












