काठमाडौँ । नेपाली कांग्रेसको पौडेल समूहको बैठक आज बस्ने भएको छ । दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको वडा अधिवेशनमा देखिएको विवाद तथा ठाउँठाउँमा भएको क्रियाशील सदस्यता विवादबारे छलफल हुने बताइएको छ ।
आज बस्न लागेको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा जबरजस्ती वडा अधिवेशन गराइएको तथा २० जिल्लामा भएको क्रियाशील सदस्यता विवाद समाधान नगरिएको भन्दै पौडेल समूह छलफलमा बस्न लागेको हो ।
यता क्रियाशील सदस्यता विवादका कारण १८ भाद्रमा गर्ने भनिएको वडा अधिवेशन असोजमा सरेको छ । अहिले ५६ जिल्लामा मात्रै वडा अधिवेशन भएको छ ।
विवाद रहँदारहँदै डडेलधुरामा प्रहरी, प्रशासन लगाएर वडा अधिवेशन गरिएको भन्दै पौडेल पक्षले विरोध जनाउदै आएको छ । महाधिवेशन निष्पक्ष हुनेमा शंका व्यक्त गर्दै आएको पौडेल पक्षले देउवालाई भेटेरै प्रहरी र प्रशासनको दुरुपयोग नगर्न ध्यानाकर्षणसमेत गराएको छ । यस्तै कांग्रेसको १४ औँ महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौँमा गर्ने तय भएको बताइएको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
Related

Total views : 347549