साँढे ४ बर्षमा मध्यपुर नपाको मुहार फेरियो ˸ मेयर श्रेष्ठ | Jana Aawaj News

साँढे ४ बर्षमा मध्यपुर नपाको मुहार फेरियो ˸ मेयर श्रेष्ठ

पढ्न लाग्ने समयः < 1 मिनेट
साँढे ४ बर्षमा मध्यपुर नपाको मुहार फेरियो ˸ मेयर श्रेष्ठ : Jana Aawaj News

भक्तपुर । राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना र मध्यपुरथिमि नगरपालिकाको समन्वयमा सञ्चालन भएको ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र जापानी रिकिसी कम्पोष्ट मल प्रविधि विषयक पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाको पछिल्लो साँढे चार बर्षमा सम्पदा, स्वास्थ्य र सरसफाईको क्षेत्रमा गरेका काम अनुकरणीय रहेको सरोकारवालाहरुले भनाई छ ।
कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले पछिल्ला साँढे ४ बर्षमा नपाले सम्पदा, स्वास्थ्य र सरसफाईको क्षेत्रमा गरेका काम अनुकरणीय रहेको बताउनुभयो । उहाँले नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले कोभिड–१९ प्रतिकार्यमा गरेका कार्य, रिकिसी कम्पोष्ट मल उत्पादन र कला, सम्पदा तथा पोखरी संरक्षणमा हाल सम्म भए गरेका कार्य अन्य नगरपालिकाका लागि पनि अनुकरणीय रहेको बताउनुभएको हो ।

पत्रकार अन्तरक्रिया कार्यक्रममा मध्यपुर थिमि नपाका प्रमुख श्रेष्ठले चार बर्षमा आफ्नो नेतृत्वमा सम्पन्न उत्साहजनक कामको बिवरण प्रस्तुत गर्नुभएको थियो । नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल कसरी नमूना बन्न सफल भयो भन्ने सम्बन्धमा उक्त अस्पतालका कार्यकारी निर्देशक डा. ज्ञानकृष्ण कायस्थले विवरण प्रस्तुत गर्नुभएको थियो । साथै जापानी रिकिसी कम्पोष्ट मल प्रालिका प्रोप्राइटर उषा गिरीले दक्षिण एसियामानै पहिलो पटक कसरी जापानी प्रविधिको रिकिसी मल उत्पादन सम्भव भयो भन्नेबारेमा तथ्यांकसहित प्रगति प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा सेजनका निवर्तमान अध्यक्ष तथा सञ्चारकर्मी भीम गौतमले बिकास पत्रकारिता र थिमि नपाका योजना महाशाखा प्रमुख सत्य नारायण शाहले बिकास योजनाबारे प्रस्तुति दिनुभएको थियो । थिमि नपाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीले नगरको विकासमा सबै जनप्रतिनिधिको उत्तिकै भूमिका रहेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले सरोकारवाला सबैको सहयोगले नगरपालिकाको मुहार फेरिएको बताउनुभयो ।

राष्ट्रिय सञ्चार केन्द्र नेपालका अध्यक्ष पेशल आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल आर्थिक पत्रकार समाज सेजनको नवनिर्वाचित कार्यसमितिलाई मध्यपुर थिमि नगरपालिकाका प्रमुख श्रेष्ठले सम्मान गर्नुभएको थियो ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा सामाखुशी, टोखामा ‘Blue Carbon’ अभियान अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न
2 ASEZ WAO द्धारा ललितपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
3 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
4 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न