विवाद समाधान गर्न कांग्रेस पौडेल समूहको बैठक आज बस्दै | Jana Aawaj News

विवाद समाधान गर्न कांग्रेस पौडेल समूहको बैठक आज बस्दै

पढ्न लाग्ने समयः < 1 मिनेट
विवाद समाधान गर्न कांग्रेस पौडेल समूहको बैठक आज बस्दै : Jana Aawaj News

काठमाडौँ । नेपाली कांग्रेसको पौडेल समूहको बैठक आज बस्ने भएको छ । दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको वडा अधिवेशनमा देखिएको विवाद तथा ठाउँठाउँमा भएको क्रियाशील सदस्यता विवादबारे छलफल हुने बताइएको छ ।
आज बस्न लागेको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा जबरजस्ती वडा अधिवेशन गराइएको तथा २० जिल्लामा भएको क्रियाशील सदस्यता विवाद समाधान नगरिएको भन्दै पौडेल समूह छलफलमा बस्न लागेको हो ।
यता क्रियाशील सदस्यता विवादका कारण १८ भाद्रमा गर्ने भनिएको वडा अधिवेशन असोजमा सरेको छ । अहिले ५६ जिल्लामा मात्रै वडा अधिवेशन भएको छ ।
विवाद रहँदारहँदै डडेलधुरामा प्रहरी, प्रशासन लगाएर वडा अधिवेशन गरिएको भन्दै पौडेल पक्षले विरोध जनाउदै आएको छ । महाधिवेशन निष्पक्ष हुनेमा शंका व्यक्त गर्दै आएको पौडेल पक्षले देउवालाई भेटेरै प्रहरी र प्रशासनको दुरुपयोग नगर्न ध्यानाकर्षणसमेत गराएको छ । यस्तै कांग्रेसको १४ औँ महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौँमा गर्ने तय भएको बताइएको छ ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा हेटौंडा ब्लु कार्बन क्याम्पेन सम्पन्न
2 सूर्यविनायक-५ मा विकासका असि प्रतिशत काम सम्पन्न, अब खानेपानी, सडक बत्ति र सिसि क्यामरा जडानमा लाग्छौं’
3 सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष न्यौपानेको दाबी- ‘चार वर्षमा १५ करोड बराबरको विकास
4 सूनपा-३ मा सार्वजनिक सुनुवाई सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न