
काठमाडौं । निस्तार-चाडको प्रेम जीवन बचाउने प्रेम भन्ने मुल नाराका साथ परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले १३६५ औं विश्वव्यापी रक्तदान अभियान कार्यक्रम हिजो काठमाडौंको गोकर्णमा सम्पन्न गरेको छ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसालको पर्मेश्वरको मण्डलीलले स्वास्थ्य, शिक्षा, बिपतमा गरेको सहयोग उदाहरणीय छ। हामी राजनीतिकर्मीले गर्ने राजनीति पनि सेवा नै भएकोले हामी प्रत्येक मानवप्राणीले नै सेवाको भाव राख्न जरुरी रहेको बताउनुभयो ।



कार्यक्रममा मेयर रिसालले मण्डलीले गरेको उत्कृष्ट स्वयंसेवाको कदर स्वरुप नगरपालिकाको तर्फबाट प्रशम्सा-पत्र वितरण गर्नुभएको थियो । यसैगरि नेपाल मेडिकल कलेज ब्लड बैंकले जीवन बचाउने अमुल्य काम मण्डलीले निरन्तर गर्दै आएको भन्दै प्रशम्सा-पत्र प्रदान गरिएको थियो ।
यसैगरी गोकर्णेश्वर नगरपालिकाका वडा नं ४ वडा अध्यक्ष जयराम महतले हामी जहाँ भए पनि जुन धर्म भए पनि हामी नेपाली हौ। हाम्रो नेपालको संविधानले हामीलाई धार्मिक स्वतन्त्रता प्रदान गरेको छ। त्यो स्वतन्त्रता भित्र जात, धर्म, संस्कृति र परम्परा अनुसार हामीले हाम्रो कर्म गर्दै आएका छौ। त्यो कर्म गर्न सबैलाई छुट छ तर हामीले समाजमा खल्बलिने किसिमको गतिविधि गर्नु हुँदैन। यो संस्थाले मानव कल्याणको निम्ति काम गर्दै आएकोले पनि हाम्रो नगरपालिका र वडाको तर्फबाट साथ र सहयोग यहाँहरुलाई रहने बताउनुभयो ।
अन्त्यमा कार्यक्रमका सभापति तेजेन्द्र गौतमले हामीले विश्वव्यापी रूपमा मानवप्राणीको रक्षाका निम्ति रक्तदानलाई विशेष प्राथमिकता दिदै अहिले हाम्रो संस्थाले नेपालका ७७ औं जिल्लामा बृहत रक्तदान कार्यक्रम आयोजना गर्दै आएको र हामी महा बिनाशकारी भुकम्प देखि देशमा हुने प्राकृतिक बिपत्तिमा गर्ने सहयोग संगै शिक्षा एवम् स्वास्थ्यको क्षेत्रमा पनि पनि सक्रिय रुपमा काम गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो ।

पर्मेश्वरको मण्डली विश्व सुसमाचार समाज गोकर्णको आयोजना र नेपाल मेडिकल कलेज रक्तसंचार केन्द्र जोरपाटीको समन्वयमा आयोजित कार्यक्रममा १ सय ५० जनाले रक्तदान गरेका थिए ।
उक्त रक्तदान कार्यक्रममा थली मण्डली, जोरपाटी, चाबहेल, गोठाटार र गोकर्ण मण्डलको सदस्यहरुको सहभागीता रहेको थियो ।

-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related


















Total views : 351509










