
नारायण थापा
भक्तपुर । मध्यपुर थिमी नगरपालिकाको चपाच्वमा आइतबार पर्यट्किय संग्राहलयको शिलन्यास कार्यक्रम सप्पन्न भएको छ ।


कार्यक्रममा मध्यपुर थिमी नगरपालिकामा प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले यो ठाउँमा परापुर्वकालमा पुगु पोखरी रहेको थियो भने, अहिले यस ठाँउमा फोहोरको ड्ङ्गुर छ । यो क्षेत्रलाई सार्वजनिक जग्गा संरक्षण गर्ने अभियान अन्तर्गत माटोको भाडा बनाउने हवको रुपमा परिचित यो ठाउँमा पर्यटक लक्षित संग्राहलयको निर्माण गर्न लागेको जानकारी दिनुभयो ।

उहाँले उक्त संग्राहलय तीन तलाको बन्ने र एक तलामा चाहिँ यो ठाउँको विषयमा जानकारी दिने हलको निर्माण गरिने बताउनुभयो ।

कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका उपमेयर विजय कृष्ण श्रेष्ठले प्रथम संग्राहलयको निर्माण गर्न लागेको बताउदै प्रजापती समुदाय र नेवार समुदायको भेष-भुषा र पेशा झल्किने गरि संग्राहलयको व्यवस्थापन गर्ने बताउनुभयो । उक्त भवन नेवारी परम्परागत रुपमा नै निर्माण गरिने बताउनुभयो ।


-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related















Total views : 346517












