कवि मंगलमान शाक्यको कवितासंग्रह “जिगु धरती जिगु सर्ग” : बिमोचन | Jana Aawaj News

कवि मंगलमान शाक्यको कवितासंग्रह “जिगु धरती जिगु सर्ग” : बिमोचन

पढ्न लाग्ने समयः < 1 मिनेट
कवि मंगलमान शाक्यको कवितासंग्रह “जिगु धरती जिगु सर्ग” : बिमोचन : Jana Aawaj News

ललितपुर । तत्कालिन पञ्चायती सरकारको २०२२ सालमा “एकल भाषा नीति” को विरोधमा भएको आन्दोलनमा सक्रिय साहित्यकार मध्ये नेतृत्वदायी भाषासेवी कवि मंगलमान शाक्यले धेरै वर्षको अन्तरालमा आफ्ना उकुसमुकुस भावनाहरूलाई कवितासंग्रहको माध्यमबाट नेपालभाषामा “ जिगु धरतीः जिगु सर्गः” प्रकाशित गरी ललितपुरको पुल्चोकको सभाहलमा एक समारोहका बीच सार्वजनिकिकरण गरिएको हो ।

डा.बज्रराज शाक्यको सभाध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रमका प्रमुख अतिथि, अतिथिहरू र अन्य सहभाागी साहित्यकारहरूलाई आयोजकको तर्फबाट ईन्द्रकुमारी शाक्यले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेपालभाषा एकेडेमीका चान्सलर यज्ञरत्न धाख्वाले नेपालभाषा साहित्यको क्षेत्रमा कवि मंगलमान शाक्यको योगदानको चर्चा गर्दै विम्व भएको कविता उत्कृष्ठ हुने धारणा राख्नुभयो ।
उक्त कार्यक्रममा समिक्षक पूर्ण ताम्राकारले “कविता कविको जीवनमा भएका विचार, अनुभूतिजन्य भावनाको अभिव्यक्तिसँगै शिल्पकला” भएको धारणा राख्नुहुँदै कवि मंगलमान शाक्यले सुप्रसिद्ध कवि रविन्द्रनाथ टैगोरबाट प्रभावित भएर “महान कवि गायक प्रज्ञापारमिता” लेख लेख्नुभएको बताउनुभयो ।

त्यसैगरी अर्का वक्ता मिलन शाक्यले प्रज्ञापारमिताको संक्षिप्त परिचय दिनुहुँदै प्रज्ञापारमिता नै अद्वय ज्ञान हो र यही नै तथागत भएको सविस्तार वर्णन गर्नुभयो ।

उक्त कार्यक्रममा विमोचित कवितासंग्रहका लेखक कवि मंगलमान जोशीले आफ्नो लेख “एभचाभअत ध्ष्कमयm द्यभजष्लम ऋचभबतष्यल” पाठ गर्नुभयो भने अर्काे लेख “सौन्दर्यबोध” वाचन गर्नुभएको थियो ।
सोही समारोहमा नेपाल राष्ट्रिय ज्ञानमाला समितिका अध्यक्ष एवं चर्चित गायिका रमना श्रेष्ठ र गायिका रीता मानन्धरले आफ्नो सुमधुर स्वरमा भगवान बुद्ध सम्बन्धी भजन गीत गाउनुभएको थियो ।

कार्यक्रमको दोस्रो चरण कविता वाचन कार्यक्रममा सभापति डा. सुन्दर कृष्ण जोशीले नेपालभाषाको व्याञ्चुलि लयमा कविता सुनाउनुभयो भने कविहरू क्रमशः अञ्जना ताम्राकार, रजनि मिला, भगतदास, डा. सविना श्रेष्ठ, मंगलनारायण जोशी, श्रीराम श्रेष्ठ, राजुराम मुनंकर्मी, सुलोचना सैंजु जोशी, सुरेश प्रधान, तुयु पुँ, चन्द्रदेवी शाक्य, दिव्या बज्राचार्य, दिव्या ताम्राकार, सुधिर ख्ववि, शाक्य सुरेनलगायतले नेपालभाषाका कविताहरू वाचन गर्नुभएको थियो ।

 

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न