प्रधानमन्त्रीद्धारा विश्व वातावरण दिवसको शुभकामना | Jana Aawaj News

प्रधानमन्त्रीद्धारा विश्व वातावरण दिवसको शुभकामना

पढ्न लाग्ने समयः 2 मिनेट
प्रधानमन्त्रीद्धारा विश्व वातावरण दिवसको शुभकामना : Jana Aawaj News
शुभकामना
संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष जुन ५ तारिखको दिन मनाइने विश्व वातावरण दिवस, २०२४ को अवसरमा सम्बद्ध सबैमा शुभकामना व्यक्त गर्दछु। यस वर्ष विश्वव्यापीरूपमा तय भएको नारा “Our land, Our future. We are #GenerationRestoration” लाई “हाम्रो भूमि, हाम्रो भविष्य” भन्ने राष्ट्रिय नाराका साथ देशव्यापीरूपमा मनाउन लागिएकोमा सरोकारवाला निकाय, सङ्घ संस्था तथा आम नागरिकलाई यस राष्ट्रिय अभियानमा सरिक हुन हार्दिक आह्वान गर्दछु।
मरुभूमिकरण र खडेरीबाट भूमिको पुनर्स्थापना गरी पारिस्थितिक प्रणाली पुनर्स्थापना गर्ने विषयमा केन्द्रित रहेको यस दिवसले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न तथा वर्तमान र भविष्यका पुस्ताका लागि दिगो र स्वच्छ वातावरण प्रत्याभूत गर्न थप उत्प्रेरित गर्ने विश्वास लिएको छु। नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हकको प्रत्याभूति गरेको छ। साथै, भूमिको उत्पादनशीलता, प्रकृति तथा वातावरणीय सन्तुलनको आधारमा वैज्ञानिक व्यवस्थापन र उपयोग गर्ने तथा पर्यावरणीय दिगो विकासको सिद्धान्त अवलम्बन गर्दै वातावरणीय सन्तुलन र दिगोपना कायम गर्ने गरी सरकारले नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याएको छ।
विश्वव्यापीरूपमा भइरहेको जलवायु परिवर्तनको नकारात्मक असर र क्षतिका लागि हाम्रो भूमिका नगण्य भए तापनि उल्लेख्य असर भने भोगिरहेका छौँ। नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा राखेका विषयहरू र गरेका प्रतिबद्धताहरूलाई कार्यान्वयन गर्दै जलवायुजन्य क्षतिमा नेपालको अधिकारलाई सुनिश्चित गर्न सरकार क्रियाशील छ। संघ, प्रदेश र स्थानीय सरकारको साथै निजी क्षेत्र, नागरिक समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थालगायत सबै सरोकारवालाहरूको सामूहिक प्रयासबाट मात्र वातावरण क्षेत्रका चुनौतीहरूलाई सामना गर्न सम्भव छ। यस सन्दर्भमा, दिगो विकास, वातावरणमैत्री तथा हरित विकास र समृद्धिलाई तीनै तहका नीति तथा कार्यक्रममा प्राथमिकता दिन जरूरी छ।
अन्त्यमा, वातावरण संरक्षण तथा व्यवस्थापनमा योगदान पुर्याउने सबै निकाय र सरोकारवालाहरूप्रति धन्यवाद ज्ञापन गर्दै यस दिवसले प्रकृति र वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु।
20 जेठ, २०८१ ​​​​​​​​पुष्पकमल दाहाल ‘प्रचण्ड’
नेपाल सम्वत् ११४४ बछला गा, एकादशी
+ posts
ताजा
1 Edu World Educational Consultancy को शाखा मध्यपुर थिमिमा बिस्तार
2 एमाले भक्तपुरले आयोजना गरेको रक्तदानबाट ५३ जनाले गरे रक्तदान
3 वृक्षारोपण सहित डष्टबिन वितरण गर्दै समुदायको लागि २ घण्टा अभियानको १३३ औं हप्ता सम्पन्न
4 भक्तपुरमा पहिलो पल्ट नाटक प्रतियोगिता सम्पन्न ऋतम्भरा प्रथम 
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न