यस वर्ष सरदरभन्दा बढी वर्षा हुने | Jana Aawaj News

यस वर्ष सरदरभन्दा बढी वर्षा हुने

६ महिनामा ७२ जिल्लाबाट १२,४१ जना डेङ्गुका विरामी देखा परे विज्ञप्ति सहित

पढ्न लाग्ने समयः 2 मिनेट
यस वर्ष सरदरभन्दा बढी वर्षा हुने : Jana Aawaj News

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विज्ञप्ती जारी गरेको छ । मन्त्रालयका अनुसार जल तथा मौसम विज्ञान विभागको पुर्वानुमानले नेपालमा यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आकलन भएको बताएको छ ।
मनसुनसँगै लामखुट्टेको प्रजननका लागी अनुकूल अवस्था बन्न सक्ने र सङ्क्रमितको सङ्ख्यामा समेत बढोत्तरी हुन सक्ने देखिएकोले गत ६ महिनामा १२,४१ जना डेङ्गुका विरामी ७२ बटा जिल्लाहरूबाट प्रतिवेदन आएको बताइएको छ ।

डेङ्गु रोगको मुख्य लक्षणहरूमा उच्च ज्वरो आउनु, जोर्नी र मांसपेशीहरू बेस्सरी दुख्नु, आँखाको गेडी दुख्नु, बेस्सरी टाउको दुख्नु, शरीरमा राता विमिराहरू आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनु यसका लक्षण हो । एक्कासी उच्च ज्वरो आउने, वान्तामा रगत देखापर्ने, नाक वा गिजांबाट रगत, रक्तश्राव, धेरै पेट दुखाई, श्वासप्रस्वासमा समस्या, र बेहोस हुने जस्ता लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा जाँच गराउन तथा परामर्श लिन मन्त्रालयले अनुरोध गरेको छ ।

डेङ्गुको बढ्दो संक्रमणलाई न्यूनीकरण गर्न मन्त्रालयले सातै प्रदेश तथा सबै स्थानीय तहहरुमा बर्षातको समयमा हुन सक्ने डेङ्गु लगायत अन्य स्वास्थ्य विपद्का लागि द्रुत प्रतिकार्य समिति तथा टोलीहरुलाई तयारी अवस्थामा रहन र आवश्यक भएको अवस्थामा परिचालन हुन पत्राचार गरेको छ। साथै, संघ, प्रदेश, स्थानीय तह, मातहतका निकायसँगको समन्वय, रोगको बारेमा विभिन्न संचारका माध्यमहरूमा सन्देशमुलक सूचना प्रकाशन र प्रसारण, रोगको नियन्त्रण गर्न प्रतिकार्य योजना बनाउने जस्ता गतिविधिहरू मन्त्रालयले गरेको छ। डेङ्गु रोग निदानका लागि चाहिने रोग निदान किट, औषधि उपचार र अन्य आवश्यक सामग्री समेत तयारी अवस्थामा राखिएको छ।

डेङ्गु रोगबाट बच्ने सबैभन्दा उत्तम उपाय लामखुट्टेको टोकाईबाट जोगिनु नै हो तसर्थ आफ्नो घर वरिपरि तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फूल पार्ने भएको हुँदा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, जुनसुकै बेला झुलको प्रयोग गर्ने र पुरै शरिर छोपिने लुगा लगाउने जस्ता कुरामा ध्यान दिनुपर्ने बताएको छ । डेङ्गु संक्रमण रोकथाम नियन्त्रण गर्ने अभियानमा आम सर्वसाधारण, निजी क्षेत्र र सरोकारवाला सबै व्यक्ति एवं निकायहरुले संवेदनशील भइ आ(आफ्नो स्थानमा समन्वय, सहजीकरण एवं सहभागिता गरिदिन अनुरोध समेत गरेको छ।

विज्ञप्ति सहित :

+ posts