सेवाग्राहीको गुनासो सम्बोधन गर्ने प्रतिबद्धताका साथ कोन्ज्योसोममा | Jana Aawaj News

सेवाग्राहीको गुनासो सम्बोधन गर्ने प्रतिबद्धताका साथ कोन्ज्योसोममा

सार्वजनिक सुनुवाई सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
सेवाग्राहीको गुनासो सम्बोधन गर्ने प्रतिबद्धताका साथ कोन्ज्योसोममा : Jana Aawaj News

ललिपतुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ मा सञ्चालित वार्षिक कार्यक्रम तथा सेवा प्रवाह सम्बन्धमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार गाउँपालिकामा आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकास्तरीय तथा वडास्तरीय रुपमा सञ्चालित विकास निर्माणका आयोजना तथा कार्यक्रम र सेवा प्रवाहका सम्बन्धमा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको हो । यस अगाडि गत फागुनमा पनि गाउँपालिकाले वडास्तरीय हुँदै गाउँपालिका स्तरीय सार्वजनिक सुनुवाइ सम्पन्न गरेको थियो ।
गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले गाउँपालिका स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रममा चालु आर्थिक वर्षमा गाउँपालिकाले सञ्चालन गरेको विकास निर्माण तथा सेवा प्रवाह लगायतका विषयमा गाउँपालिकास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको बताउनुभयो ।
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधि,कर्मचारी, शिक्षक, स्वास्थ्य संस्थाका प्रतिनिधि सेवाग्राही लगायतका सहभागितामा सार्वजनिक सुनुवाइ सम्पन्न गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिनुभयो ।

स्थानीय सरकार सञ्चालन ऐन र सुशासन सम्बन्धि ऐनमा स्थानीय तहले वार्षिक रुपमा गरेका कार्यको बारेमा सेवाग्राहीसहितको सरोकारवालाको उपस्थितिमा सार्वजनिक सुनुवाइ गर्नुपर्ने व्यवस्था अनुसार कोन्ज्योसोम गाउँपालिकाले गत फागुनमा र असारमा गरी दुई पटक सार्वजनिक सुनुवाइ सम्पन्न गरेको हो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय सहभागिहरुले गाउँपालिकाले सबै वडामा विकास निर्माणको कामलाई समान रुपमा अगाडि बढाउनुपर्ने, भौतिक विकाससँगै मानविय विकास, शिक्षा, स्वास्थ्य रोजगार, गाउँपालिका र वडा कार्यालयबाट प्रदान गरिने सेवालाई सहज र अझ व्यवस्थित बनाउनुपर्ने लगायतका गुनासो गरेका थिए ।

सहभागिले राखेको प्रश्नको जवाफ दिँदै गाउँपालिका अध्यक्ष लामा र उपाध्यक्ष राजनप्रसाद घिमिरेले सार्वजनिक सुनुवाइमा उठेका सवाललाई गाउँपालिकाले नीतिगत र व्यवहारिक रुपमा सम्बोधन गर्ने बताउनुभयो ।

 

+ posts
ताजा
1 कालमेगी आँधीबाट फिलिपिन्समा ५२ जनाको मृत्यु
2 ऋतम्भराको आयोजनामा नेसनल प्याव्सन भक्तपुरको गायन प्रतियोगिता सम्पन्न
3 सूर्यविनायक नगरपालिकाद्धारा “स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना” सन्चालन
4 मुस्ताङमा बुधबार पनि भारी हिमपात
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न