ला लिगा, ईपीएल र बुन्डेसलिगा फुटबल लिग आजदेखि शुरु | Jana Aawaj News

ला लिगा, ईपीएल र बुन्डेसलिगा फुटबल लिग आजदेखि शुरु

पढ्न लाग्ने समयः < 1 मिनेट
ला लिगा, ईपीएल र बुन्डेसलिगा फुटबल लिग आजदेखि शुरु : Jana Aawaj News

काठमाडौं । विश्वका तीन ठुला र चर्चित फुटबल लिगका खेलहरु आजदेखि सुरु हुने भएका छन् । स्पेनको ला लिगा, इंग्ल्यान्डको शीर्ष डिभिजनको इंग्लिस प्रिमियर लिग ईपीएल र जर्मनीको बुन्डेसलिगा एकै दिन सुरु हुन लागेको हो ।
लिगमा उपाधि जित्नका लागि उत्साहित चेल्सीले पनि बलिया फरवार्ड रोमेलु लुकाकुलाई अनुबन्ध गरिसकेको छ भने, त्यस्तै, म्यानचेस्टर युनाइटेडले जर्मनीको बोरुसिया डर्टमन्ड क्लबबाट जार्डन सान्चेकोे क्लबमा आगमन भएको छ ।
लिभरपुरका डिफेन्डर भर्जिल भान डाइक प्रिमियर लिगमा फर्किएपछि उनले यो सिजनमा पछिल्लो सिजनको तुलनामा उत्कृष्ट प्रदर्शन गर्ने अङ्कल गरिएको छ ।
यो लिगमा प्रमुख उपाधिका दाबेदारको रुपमा चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी र युनाइटेड नै देखिएको आङ्कलन गरिदै आएको छ । स्पेनिस क्लब बार्सिलोनाले विश्वचर्चित प्लेमेरकर लियोनेल मेस्सीलाई क्लबमा स्थान दिन नसकेपछि उसले आलोचना खप्दै आएको छ । मेस्सी भने अहिले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेनमा खेलिरहेका छन् ।
गत साता सुरु भइसकेको लिग वानको पहिलो चरणको खेल सकिएको छ । यो सप्ताहन्तमा लिग वानमा दोस्रो चरणको खेल हुने भएको छ । इटालीको सिरी ए भने अर्को अगस्ट २१ बाट सुरु हुने भएको छ ।
बुन्डेसलिगमा भने बार्यन, लाइप्जिक र बोरुसिया डर्टमन्ड उपाधिका दाबेदार रहेका छन् । तुलनात्मक रुपमा हेर्दा हरेक सिजन बलियो देखिने बार्यनले यो सिजनको उपाधि जित्ने धेरैको अनुमान रहेको छ ।
त्यस्तै आजको खेलमा ईपीएल र ब्रेन्टफर्ड र आर्सनलको राति पौने १ बजे खेल हुने भएको छ, भने ला लिगा भ्यालेन्सिया र गेटाफे, राति पौने १ बजे र बुन्डेसलिगा र मोन्छेनग्लाडबाख र बायर्नको राति सवा १२ बजे खेल हुने भएको छ ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा सामाखुशी, टोखामा ‘Blue Carbon’ अभियान अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न
2 ASEZ WAO द्धारा ललितपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
3 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
4 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न