
काठमाडौँ । लिग कप अन्तर्गत मंगलबार भएको खेलमा दुई बलिया इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुलले सहज जित निकाल्दै अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् । सिटीले वेकोम माथि ६–१ को प्रभावशाली जित निकाल्दा लिभरपुलले नर्विच सिटीलाई ३–० ले हराएको थियो ।

खेलको २२ औँ मिनेटमा हलानको गोलमा वेकोमले अग्रता लिएको लिदै त्यसको सात मिनेटपछि केभिन डि ब्रुयनाले गोल गर्दै सिटीलाई खेलमा फर्काएका थिए । पहिलो हाफमानै अग्रता बनाउने क्रममा महारेजले ४३ औँ मिनेटमा गोल गरे । पहिलो हाफको इन्जुरीको समय फिल फोडिनले गोल गरेपछि सिटी ३–१ को अग्रता बनाउन सफल रह्यो ।

दोस्रो हाफको ७८ औँ मिनेटमा फेरान टोरेसले सिटीलाई ४–१ मा पुर्याउदै ८१ औँ मिनेटमा महारेजले बललाई जाली चुमाउँदै सिटीकले अग्रता दिलायो । खेल सकिन दुई मिनेट बाँकी हुँदा पल्मरले गरेको गोलसँगै सिले आधा दर्जन गोल पुरा गर्न सफल भएका थिए ।
मंगलबार भएको लिग कप अन्तर्गतका खेलहरुमा एभर्टनले क्विन्स रेन्जर्स पार्कलाई टाइब्रेकरमा ८–७ ले हराउदै प्रि क्वाटरफाइनलमा स्थान बनाउन सफल रह्यो । यस्तै लिड्स युनाइटेडले पनि पेनाल्टी सुटआउटमा फुलह्यामलाई ६–५ ले पाखा लगाउदै जित हासिल गर्यो ।
।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
Related



















Total views : 351336










