एजेन्सी । यमनमा केही दिनयता देखि साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीका विरुद्धमा कारबाहीलाई निरन्तरता दिदै आएको छ ।
उक्त स्थानमा सेनाले मगलबार गरेको कारबाहीमा परी १२ जना हुथी विद्रोहीहरु मारिएको बताइएको छ । सेनाले गत सोमबार पनि त्यहाँको मध्य क्षेत्रीय प्रान्त मारिबमा हुथीका विरुद्धमा कारबाही गरेको थियो ।

सेनाले हुथी विद्रोहीहरु रहेका मारिब प्रान्त भनने स्थानको पहिचान गरी हवाई कारबाही गरेको हो । उक्त कारबाहिमा परि मंगलबार १२ जनाले ज्यान गुमाएको बताइएको छ ।सो क्षेत्रमा हुथीहरुका कार्यालय रहेका स्थानाहरुलाई पनि सेनाले ध्वस्त बनाएको छ ।
साउदी अरेबिया नेतृत्वको सैन्य समूहले सोमबार गरेको कारबाहीमा कम्तीमा पनि ३० जना हुथी विद्रोहीहरुले ज्यान गुमाएका थिए ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
Related

Total views : 346050