
काठमाडौं । आइतबार परमेश्वरको मण्डली विश्व सुसमाचार समाज टोखा मण्डलीका विद्यार्थी स्वयंसेवक समूहले टोखाको तीनधारा स्थित स्थानीय मानिसहरूको सहकार्यमा पहिरो गएको ठाउँमा पहिरो हटाउने कार्य सम्पन्न गर्नुभएको छ ।
तारकेश्वर नगरपालिका वडा नम्बर ९ मा आयोजना गरिएको कार्यक्रम्मा ५० जनाको सहभागीता रहेको थियो । पिउने पानीको निम्ति प्रचलित तीनधारा, वरिपरि स्थानीय बासिन्दाहरू खानेपानीको मूलमा पहिरो गएको भएता पनि उक्त ठाउँमा नगरपालिकाले सहयोग नगरेपछि Asez star का विद्यार्थीहरुले सोही ठाउँमा सहयोग गर्नुभएको हो ।
‘Students Takes Action Right Now ‘भन्दै Asez star का विद्यार्थीहरुले स्वयंसेवाको कार्य गर्नुभएको हो ।
कार्यक्रममा टोखा मण्डलीका प्रमुख जय महर्जनले परमेश्वरका मण्डलीका कलेजका विद्यार्थीहरु माताको शिक्षा अनुसार समाजमा असल कार्य गर्न अग्रसर हुदै टोल र समाजलाई परिवर्तन गर्न सक्ने सामर्थ्य राख्दछ।
बिपत्तिको समयमा ठाउँ ठाउँमा स्वयमसेवा गतिविधि गर्दै आएको Asez star परमेश्वरको शिक्षा व्यवहारमा लागु गर्दै उदाहरणीय संसार बनाउन अभिप्रेरित गर्दछ।
टोखा मण्डलीका Asez star सदैव यस्ता गतिविधिमा अग्रसर भएर समाजलाई सहयोग गर्न तत्पर रहेने कुरा बताउनुभयो ।
Asez star का विद्यार्थी स्वयंसेवक समूहले उक्त ठाउँमा स्थानीयको सहयोगमा पहिरो हटाउने कार्यमा सहभागी भएकोमा यो कार्यको उच्च प्रशंसा गर्दै स्थानीय बासिन्दाहरू र टोल सुधार समितिका अध्यक्षले धेरै प्रशंसा र धन्यवाद व्यक्त गर्नुभयो।
यो कार्यद्वारा स्थानीय बासिन्दाहरू सबै एकदम प्रभावित भएर asez star समुहलाई धन्यवाद दिनुभयो ।
ASEZ STAR भन्नाले ‘विद्यार्थीहरूले सुरुदेखि अन्त्यसम्म पृथ्वीलाई जोगाउन अहिले नै कार्य गर्छन् ‘(Save the Earth from A to Z, Students Take Action Right now)’ भन्ने अर्थ हो ‘STAR’ भन्नाले भविष्यको आशा, विद्यार्थीहरू ताराजस्तै चम्किने अस्तित्व हुनुका साथै भविष्यको नेतृत्व लिने नायक-नायिका हुन् भन्ने अर्थ हो ।
ASEZ STAR ले आफ्नो घर, विद्यालय, छरछिमेक र स्थानीय समुदायमा प्रेम, नम्रता, विचारशीलताको अभ्यास गरेको सेवाको लागि अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड स्वर्ण, पे?को राष्ट्रिय सभाबाट सम्मान पदक, कोरियाको सउल नगर परिषद्का अध्यक्षबाट प्रशंसा-पत्र इत्यादि प्राप्त गरेको छ ।
नेपालमा पनि ASEZ STAR ले अर्थपूर्ण गतिविधिहरू गरिरहेको छ ।
भावी पुस्तालाई विभिन्न तरिकाले समर्थन गर्दैआएको परमेश्वरको मण्डलीले २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त भएको सिन्धुपाल्चोकको श्री आधारभूत विद्यालय र काभ्रेको श्री भवानी माध्यमिक विद्यालय पुर्ननिर्माण गरिदिनुका साथै शैक्षिक सामग्री पनि सहयोग गरेको थियो ।
त्यसपछि उनीहरूले दुप्चेश्वरको श्री कौकेश्वरी माध्यमिक विद्यालय, भक्तपुरको श्री आशापुरी आधारभूत विद्यालय, कोशी प्रदेश अठराईको श्री जनता आधारभूत विद्यालय, इटहरीको श्री सरस्वती माध्यमिक विद्यालय इत्यादिलाई १० थान शैक्षिक कम्प्यूटर, झोला, लुगा, पाठ्यसामग्री, सबै विद्यार्थीहरूलाई ७० जोर युनिफर्म, स्कूल बस अनुदान रकम हस्तान्तरण जस्ता कार्यहरूमार्फत विद्यार्थीहरूको भविष्यमा आशा जगाइदिने काम गर्दै आएको छ ।
उक्त कार्यक्रममा वडा सदस्य काजी महर्जन, वडा सदस्य सानु कान्छा महर्जन, टोल सुधार समितिका अध्यक्ष थम बहादुर जुग्जाली र तनहुँको पुर्व वडा अध्यक्ष भरत ढकाल लगाएतको उपस्थिति रहेको थियो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news