
जन आवाज न्युज/भक्तपुर । नेपाल पत्रकार महासंघ भक्तपुरका नवनिर्वाचित पदाधिकारीहरुले बुधबार शपथ ग्रहण गरेका छन् ।
पत्रकार महासंघ भक्तपुरको शपथ ग्रहण नयाँ थिमीस्थित यचु पार्टी प्यालेसमा आयोजित एक कार्यक्रमका बीच निर्वाचन समिति सम्योजक केदार खड्का, निर्वाचन समिती सदस्य रविन्द्र प्रधान र बालमुकुन्द सुवालले उनीहरुलाई पद तथा सपथ ग्रहण गराएका हुन ।

गत मङसिर २८ गते सम्पन्न भएको महासंघ भक्तपुरको निर्वाचनमा एक जना अध्यक्ष सहित १८ जना पदाधिकारी निर्वाचित भएका थिए ।
निर्वाचित सबैजना आज पद तथा गोपनीयताको शपथ लिँदै पदभार सम्हालेका छन्। निर्वाचित पत्रकार महासंघ भक्तपुरको अध्यक्ष सुन्दर शिल्पकारले आजदेखि पदभार ग्रहण गरेका छन्।
नवनिर्वाचित अध्यक्ष शिल्पकारसँगै निर्वाचित भएका उपाध्यक्षमा हेमराज ढकाल, महिला उपाध्यक्षमा नबिना खर्बुजा, सचिवमा दीपक ढुङ्गाना, सहसचिवमा दिनेश कार्की राजल छुँका हरिसुन्दर , कोषाध्यक्षमा राम गोपाल तमखुले शपथ ग्रहण गर्दै बुधबारदेखि पदभार सम्हालेका छन्।
त्यस्तै केन्द्रीय परिषद् सदस्यहरूमा भने पेशल आचार्य, पूर्णभक्त दुवाल, जीवन ढुङ्गाना र रमेश गिरी र महिला सदस्यमा सिर्जना खतिवडा, सदस्यहरूमा नारायण थापा,मणिराम लामिछाने, मनोज कुमार फुयाँल, पुष्पाकुमारी साउद, सुदर्शन आचार्य, केशव प्रसाद तिमिल्सिना, राम सुन्दर खाइजु र राज कुमार लामिछाने चमत्कारले सपथ ग्रहण गरेका छन् ।
कार्यक्रममा प्रमुख अथिती धर्भेन्द्र झा, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश अध्यक्ष टेनिस रोका, नेपाल पत्रकार महासंघ भक्तपुरका निवर्तमान अध्यक्ष जगत प्रजापती नव निर्वाचित अध्यक्ष सुन्दर शिल्पकार आदिको उपस्थिति रहेको थियो ।



















-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related















Total views : 342852












