भारतको उडिसामा ‘गुलाब’ नामक शक्तिशाली चक्रवात अवतरण देशभर मेघ | Jana Aawaj News

भारतको उडिसामा ‘गुलाब’ नामक शक्तिशाली चक्रवात अवतरण देशभर मेघ

गर्जन र हल्कादेखि मध्यम वर्षाको सम्भावना

पढ्न लाग्ने समयः 2 मिनेट
भारतको उडिसामा ‘गुलाब’ नामक शक्तिशाली चक्रवात अवतरण देशभर मेघ : Jana Aawaj News

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गत शुक्रबार बंगालको खाडीमा गहिरो न्यून चापीय क्षेत्र बन्न शुरु भईे ‘गुलाब’ नामक शक्तिशाली चक्रवात आइतबार उडिसाको जमिनमा अवतरण भएको बताइएको छ ।
सो चक्रबातका कारण नेपालमा समेत यसले केहि असर गर्ने भएकाले आंशिकदेखि सामान्य बदली हुने विभागले बताएको छ । यसको असरका कारण देशका केहि स्थानहरुमा वर्षा हुने सम्भावना भने न्यून रहेको विभागले जानकारी गराएको छ ।

चक्रवातका कारण भारतको पूर्वी राज्यहरुमा रहेको हजारौं मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको बताइउको छ । सो चक्रबातका कारण आइतबार साँझदेखि भीषण वर्षा र हावाहुरी सहित प्रतिघण्टा ९५ किलोमिटरका गतिले अघि बढिरहेको आँधी मध्यरातबाट उडिसा र आन्द्रप्रदेशमा प्रवेश गरेको थियो । यस्तै आँधी प्रभावित राज्यहरुका मानिसहरुलाई नदी किनार, नहर तथा समुद्रि किनारमा नजान समेत चेतावनी दिइएको छ ।

विभागले आज सोमबार जानकारी गराए अनुसार मनसुन न्यून चापीय रेखा भने औसत स्थान भन्दा केही दक्षिणतिर रहेको बताएको छ । विभागले बताए अनुसार हाल गण्डकी र लुम्बिनी प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली रही देशका बाँकी केहि भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहेने छ ।

विभागलको जानकारी अनुसार तीन दिनको मौसम पूर्वानुमान यस्तो छ,
आज सोमबार रातीसम्म देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्लकादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने, भोलि मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केहि रुथानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

यस्तै बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने, राती देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेका छ । त्यसैले पहाडी भू–भागहरुमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

 

+ posts
ताजा
1 कालमेगी आँधीबाट फिलिपिन्समा ५२ जनाको मृत्यु
2 ऋतम्भराको आयोजनामा नेसनल प्याव्सन भक्तपुरको गायन प्रतियोगिता सम्पन्न
3 सूर्यविनायक नगरपालिकाद्धारा “स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना” सन्चालन
4 मुस्ताङमा बुधबार पनि भारी हिमपात
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न