
काठमाडौं । नेपाल टुरिजम कप गल्फ क्लब च्याम्पियनसिपको उपाधि त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबले मंगलबारको खेलमा जित हासिल रेको छ ।
गोकर्ण गल्फ क्लबमा आयोजित प्रतियोगितामा त्रिभुवन आर्मीले काउन्ट ब्याकको आधारमा उपाधि हात पार्न सफल भएको हो । त्रिभुवन आर्मी र गोकर्ण गल्फ क्लबले समान १२ ओभरमा ३ सय स्कोर गर्न सफल भएको थियो ।
दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्ण जितेका सुवास तामाङ र मेजर निश्चय जंग रायमाझीको जोडीले पुन उक्त खेलमा पनि उपाधि जित्नसफल भएका छन् ।
खेलको अघिललो दिन २ स्ट्रोकले गोकर्ण गल्फ क्लबसँग पछि परेको आर्मीले १२ ओभरमा ३ सय स्कोर बनाउँदा गोकर्ण गल्फले पनि यति नै स्कोर गरेपछि खेल टाइट भएको थियो । विजेताको निर्णय काउन्ट ब्याकको आधारमा गर्दा सुवासले दुई अन्डर ७० तथा निश्चयले ५ ओभर ७७ स्कोर गर्न सफल रहे ।
सो खेलमा सद्भावले पार खेले भने टासीले ७७ स्कोर गरेका थिए । उनीहरूले दोस्रो स्थानमै चित्त बुझाए भने, प्रतियोगितामा पोखराको हिमालयन गल्फ कोर्सले तेस्रो र धरान गल्फ क्लब भने चौथो स्थान प्राप्त गरेको थियो ।

-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
Related



















Total views : 351339










