
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा अध्यापनरत प्राध्यापनकहरूले नेपाल
सरकारले संयुक्त राज्य अमेरिकी कम्पनी एमसीसीसँग गरेको सम्झौता खारेजीको
माग गरेका छन् ।
नेपाल प्राध्यपाक समाज (नेप्रास), मध्यपश्चिम विवि एकाइ समितिले
आयोजना गरेको एक अन्तरक्रियामा वक्ताहरूले एमसीसी सम्झौताले नेपालको
सार्वभौम अस्तित्व समाप्त पार्ने धारणा राख्नुभयो ।

नेप्रासका अध्यक्ष सरोजराज गोसाईले एमसीसी अमेरिकाको हिन्दप्रशान्त सैन्य
रणनीतिअन्तर्गत प्रस्ताब गरिएको परियोजना भएको भन्दै अमेरिकी सेनाले
नेपालमा परेड खेल्ने र नेपाल युद्धभूमिमा परिणत हुने विचार राख्नुभयो ।
उहाँले नेपालको विकास नेपालीकै पैसाले गर्न सकिने भन्दै विदेशीको हात
थापेर नेपालको विकास सम्भव नभएको विगतबाट पुष्टि भएको तर्क गर्नुभयो ।
केन्द्रीय अध्यक्ष गोसाईले नेका, एमाले, माओवादीजस्ता शासक पार्टी सबै
एमसीसीकै पक्षमा भएको भन्दै एमसीसी पक्षधरहरूलाई जनताले सजाय दिने उल्लेख
गर्नुभयो ।

सुरक्षाको नाममा अमेरिकी सेना नेपालमा तैनाथ गर्न खोजिएको
उहाँको कथन थियो । मध्यपश्चिम विविको मानविकी सङ्कायका पूर्व डीन कमलेश डीसीले अमेरिकाले आफ्नो प्रभुत्व लाद्न खोजेको भन्दै नेपालको संसद्बाट पारित गर्नु नै
अमेरिकी बदनियत भएको बताउनुभयो ।
उहाँले एमसीसी सम्झौता गर्नेहरू संसद्बाट पारित गर्नेमा विश्वस्त नभएको भन्दै जन विरोध थेग्न नसेकेकै कारण एमसीसी पारित गर्न सरकार पछि हटेको उल्लेख गर्नुभयो ।
मध्यपश्चिम विविका उपप्राध्यापक डा. पुष्पराज आचार्यले विदेशी भनेपछि
हिनतावोध गर्ने संस्कृतिको कारण नेपाली अपमानित हुनुपरेको भन्दै
नेपालको सुरक्षासँग जोडिएको विषयमा नेपाली गम्भीर हुनुपर्ने धारणा
राख्नुभयो ।
उहाँले विद्वान भन्नेले नै समाजलाई दिग्भ्रमित पारेको उल्लेख
गर्दै यसबाट गरिखाने वर्ग शोषणमा परेको बताउनुभयो ।
नेमकिपा, सुर्खेतका सदस्य गणेश खड्काले भारतलाई प्रयोग गरी नेपालबाट
चीनलाई हान्ने उद्देश्यले नेपालमा एसीसी परियोजना ल्याइएको भन्दै पुँजीवादी
प्रजातन्त्रबाट कामदार वर्गले आफ्नो अधिकार नपाउने बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय संयोजक प्रकाश गुरुङले एमसीसी
सम्झौता बारे पावर प्वाइन्ट प्रस्तुति राख्दै देशको सार्वभौमिकता रक्षाको िनम्ति युवा विद्यार्थी सङ्घर्ष गर्न तयार छन् भन्नुभयो ।
नेप्रास, मध्य पश्चिम विश्वविद्यालयका अध्यक्ष शारदा पौडेलको सभापतित्वमा सम्पन्न
कार्यक्रममा नेप्रास, मप विविका सदस्य टीका पोखरेल, नेपाल क्रान्तिकारी मजदुर
सङ्घका केन्द्रीय सदस्य अक्कलबहादुर रानालगायतले आफ्नो विचार राख्नुभएको
थियो ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
Related















Total views : 344198












