१२ वर्षदेखि नबनेको नगरकोट सडक आफैं बनाउछौ : मेयर खत्री | Jana Aawaj News

१२ वर्षदेखि नबनेको नगरकोट सडक आफैं बनाउछौ : मेयर खत्री

पढ्न लाग्ने समयः < 1 मिनेट
१२ वर्षदेखि नबनेको नगरकोट सडक आफैं बनाउछौ : मेयर खत्री : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले जनप्रतिनिधि बहालको तीन वर्ष पूरा भएको अवसरमा चाँंगुनारायण नगरपालिकाले गरेको विकास निर्माणको प्रगतिका विषयमा पत्रकारहरुसँंग शनिबार नगरकोटको होटल माउन्ट भिस्टामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले चाँंगुनारायण नगरपालिकको तीन वर्षे कार्यकालको मुख्य उपलव्धी नगरकोट सडक रहेको बताउनुभयो ।

पत्रकारसँगको अन्तरक्रियामा उहाँले यस्तो १२ वर्षदेखि कालोपत्रे हुन नसकेको भक्तपुरदेखि नगरकोटसम्मको सडक अहिले नगरपालिका आफैंले कालोपत्रे गर्न लागेको बताउनुभयो ।

लामो समयदेखी ठेकेदारले काम पूरा गर्न नसकेपछि ठेक्का प्रक्रिया रद्ध गरिएको थियो, भने  हाल नगरपालिकाले नै जिम्मा लिइ कालोपत्रे शुरु गरेको छ ।

प्रमुख खत्रीले केही समयभित्रै १६ किलोमिटर लामो सडकमा कालोपत्रे सम्पन्न हुने क्रममा रहेको जानकारि गराउदै कालोपत्रे सकेपछि लामो समयदेखि नेपाल सबैको टाउको दुखाइको विषय भएको समस्या टुंगिने जानकारी दिनुभयो ।
पर्यटन केन्द्र रहेको नगरकोट सडक नबन्दा नगरपालिकाका जनप्रतिनिधिहरुमा आइरहेको रोष पनि समाप्त हुने उहाँको विश्वास रहेको छ ।

यसैगरी कार्यक्रममा नगर उपप्रमुख रमेश बुढाथोकी, प्रमुख कार्यकारी अधिकृत मोहन श्रेष्ठ, कार्यक्रम आयोजक नेपाल पत्रकार महासंघका अध्यक्ष सुन्दर शिल्पकार, उपाध्यक्ष हेमराज ढकाल, सहसचिव हरिसुन्दर छुंकालगायतले कार्यक्रमको बारेमा चर्चा गर्नुभएको थियो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न