
जन आवाज न्युज/भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिकाले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सूर्यविनायक नगरपालिकाको आयोजनामा भक्तपुर जिल्लाभरिबाट माध्यामिक शिक्षा परीक्षा एसईई २०८१ मा ४ जिपीए प्राप्त गर्ने र विद्यालयमै उत्कृष्ठ अंक ल्याउने विद्यार्थीलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार अयोजना गरिएको उक्त कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले भक्तपुर जिल्लाभरि १८ वटा विद्यालयबाट ४ जिपीए प्राप्त गर्ने ३० जना विद्यार्थी र विद्यालयमा नै उत्कृष्ट नतिजा हासिल गर्ने १ सय ५ गरि १३५ जना विद्यार्थीहरुलाई माला, खादा र प्रमाण-पत्र सहित सम्मान गर्नुभएको हो ।
एसईई २०८१ मा उत्तिर्ण सम्पूर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै प्रमुख थापाले विद्यार्थीहरुको सफलताको पछाडि विद्यालय, अभिभावक, शिक्षकको पनि महत्वपूर्ण भूमीका हुनाले नगरपालिकाले संस्थागत र सामुदायिक दुवै विद्यालयहरुलाई विनाभेदभाव ब्यवहार गर्दै शैक्षीक गुणस्तर अभिबृद्धि गर्न लागिरहेको समेत बताउनुभयो ।
प्रमुख थापाले विद्यार्थीहरुलाई असल नागरिक बन्न जोड दिदै नगरपालिकाको तर्फबाट एसईई परिक्षामा उत्कृष्ठ नजिता हासिल गर्ने विद्यार्थीहरुलाई नगदसहित आउने दिनमा सम्मान कार्यक्रमको आयोजना गर्ने समेत जानकारी दिनुभयो ।
कार्यक्रममा सूर्यविनायक सामाजिक विकास समितिका संयोजक वडा नम्बर ७ का वडा अध्यक्ष तथा नगर प्रवक्ता रविन्द्र सापकोटाले नगरभित्रका विद्यालयले उत्कृष्ठ नजिता हासिल गर्न सफल भएकोमा बधाई तथा शुभकामना दिदै हाल सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको नतिजामा उल्लेख्य सुधार भएको बताउनुभयो ।
कार्यक्रममा प्याब्सनको नवनिर्वाचीत सदस्यहरुलाई पनि सम्मान गर्नुको साथै बिनोद काफ्लेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news