प्रधानमन्त्रीसँग मलेसिया-नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलको भेट | Jana Aawaj News

ताजा


Bhaktapur Hospital

प्रधानमन्त्रीसँग मलेसिया-नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलको भेट

पढ्न लाग्ने समयः < 1 मिनेट
प्रधानमन्त्रीसँग मलेसिया-नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलको भेट : Jana Aawaj News

जन आवाज/न्युजकाठमाडौँ, २१ असार । नेपालमा विभिन्न क्षेत्रमा लगानीको सम्भावना र अवसरहरुका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मलेसिया-नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलले आज भेट गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्याराडाइज्ड ग्रुप कम्पनी, मलेसियाका कार्यकारी अध्यक्ष प्रदीपकुमार कुक्रेजा (दातो) को नेतृत्वमा आएको २० सदस्यीय प्रतिनिधिमण्डलले आफूहरु नेपालमा नयाँ उद्यमहरूका लागि अर्थपूर्ण व्यावसायिक तथा दुुई देशको सम्बन्ध स्थापित गर्न र नेपालको व्यावसायिक वातावरणबारे विस्तृतरुपमा बुझ्न भ्रमणमा आएको अवगत गराउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालको समृद्धिका लागि विदेशी लगानीलाई प्रोत्साहन र सहजीकरण गर्न सरकारले कानुनी र संरचनात्मक सुधारहरु गर्दै आएको जानकारी गराउँदै नेपालमा लगानी गर्न आग्रह गर्नुभयो । उहाँले आगामी दिनमा के कस्तो सुधार र सहजीकरण आवश्यक छ भन्नेमा सरकार सँधै व्यवसायीसँग सहकार्यमा रहने जानकारी दिनुभयो ।

प्रतिनिधिमण्डलले आफूहरुले नेपालमा फोहोर (प्लास्टिक) प्रसोधन, सूचना प्रविधि उद्यान, पर्यटन आदि क्षेत्रमा कााम गर्न उत्सुक भएको जनाएको छ । भेटका अवसरमा नेपालमा पर्यटन, कृषि, सूचना प्रविधि, जनशक्ति, कपडा र विविध क्षेत्रहरूमा लगानीको सम्भावनाबारे छलफल भएको थियो ।

मलेसियास्थित नेपाली दूतावासको सहकार्यमा आएको उक्त प्रतिनिधिमण्डल तीन दिने यात्राका लागि यही असार १८ गते काठमाडौँ आएको थियो । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, आर्थिक मामिला सल्लाहकार डा युुवराज खतिवडा लगायतको सहभागीता रहेको थियो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 विनायकका तुलज प्रजापति राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपमा दोस्रो रनरअप, अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट
2 कक्षा ८ र एसईई दुवैमा शतप्रतिशत नतिजासहित जीपीए ४ हासिल गर्ने चाँगुनारायणको एकमात्र विद्यालय मित्रश्री पाठशाला सम्मानित
3 एसईईमा उत्कृष्ट नतिजा ल्याउने गोल्डेन सुनगाभा स्कुल सम्मानित
4 चाँगुनारायण नगरपालिकाद्वारा एसइईमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने १३ विद्यालय सम्मानित
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x