दधिकोटमा खानेपानी ट्याङ्की सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न | Jana Aawaj News

दधिकोटमा खानेपानी ट्याङ्की सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समयः 2 मिनेट
दधिकोटमा खानेपानी ट्याङ्की सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । भक्तपुरको दधिकोट शहरी खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको आयोजनामा दक्षिणवाराही खानेपानी वितरण प्रणाली अन्तर्गतको ट्याङ्की सरसफाई तथा वृक्षारोपण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

उक्त कार्यक्रममा समितिका अध्यक्ष कृष्णहरि खड्काको अध्यक्षतामा खानेपानी समितिका अन्य पदाधिकारी, सदस्यहरू, कर्मचारीहरू, सूर्यविनायक नगरपालिका-४ का वडा अध्यक्ष लछुराम न्यौपाने, वडा सदस्य विदुर खड्का, दधिकोट प्रहरी प्रभागका प्रमुख, स्थानीय बासिन्दा तथा उपभोक्ताहरूको सक्रिय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रम अन्तर्गत दक्षिणवाराही वनमा रहेको पानी ट्याङ्कीको सरसफाई गरिनुका साथै वनको खाली क्षेत्रमा विभिन्न प्रजातिका रुख बिरुवाहरू रोपिएका थिए । वातावरण संरक्षण र स्रोत व्यवस्थापनको दृष्टिले कार्यक्रमलाई महत्वपूर्ण मानिएको छ।

स्थानीय स्तरमा खानेपानी स्रोतको संरक्षण र हरियाली प्रवर्द्धनका लागि गरिएको यस प्रयासप्रति सहभागी सबै पक्षले प्रशंसा व्यक्त गरेका थिए ।

+ posts

 

 

ताजा
1 सेवामा अवरोध नगर्न आग्रह
2 सूर्यविनायक १० मा १७ करोडको योजनाहरु सञ्चालनमा छन् : वडा अध्यक्ष राउत
3 भक्तपुरको पारिजात विद्या कुञ्ज स्कुलमा नेपाली सेनाद्वारा बिपद् व्यवस्थापन सम्बन्धी डेमो प्रदर्शन
4 मदरल्याण्डमा ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार नगदसहित सम्मान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न