
जन आवाज न्युज/ललितपुर असार, १४ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको जागिरे युवा स्वयंसेवा सङ्गठन ASEZ WAO ले ललितपुरमा ‘च्यासल देखि बालकुमारी’ वातावरण सरसफाइ गतिविधि सम्पन्न गरेको छ ।
मण्डलीले बुधबार ललितपुरमा वातावरण सरसफाई अभियानको एक हिस्सा स्वरूप सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो ।
विश्वव्यापी वातावरणीय समस्या बनेको प्लास्टिकको समस्या समाधान गर्न सो समूहले विश्वभर यस्ता गतिविधिहरू आयोजना गर्ने गर्छ । विश्वका विभिन्न ठाउँहरूमा जम्मा हुने प्लास्टिकजन्य फोहोरले समुद्री पारिस्थितिक प्रणालीलाई मात्र नभएर मानव स्वास्थ्यलाई पनि जोखिममा पारिरहेको छ । बढ्दो प्लास्टिक प्रदूषणको प्रतिक्रियास्वरूप, अन्तर्राष्ट्रिय समुदायले ‘विश्वव्यापी प्लास्टिक सन्धि’को प्रस्ताव पारित गरेको छ । सन् २०४० सम्म प्लास्टिक प्रदूषण समाप्त गर्ने दीर्घकालीन लक्ष्यअन्तर्गत विश्वव्यापी प्लास्टिक सन्धिबारे छलफल भइरहेको छ र संयुक्त राष्ट्रसंघको वातावरण कार्यक्रम ले यसका लागि वैज्ञानिक रूपमा न्यूनीकरण परिदृश्यहरू सुझाव दिएको छ ।
ASEZ WAO का सदस्यहरू, करिब ८० जना स्वयंसेवकहरू बिहान सबेरै भेला भएर ललितपुरको टुरिस्ट बसपार्क वरिपरि धेरै जनसंख्या भएको क्षेत्रलाई केन्द्र बनाएर विभिन्न किसिमका प्लास्टिक फोहोरहरू सङ्कलन गरे । करिब दुई घण्टासम्म जारी रहेको सरसफाइ गतिविधिबाट ५० लिटर फोहोरका झोलाहरू ७० वटा भरिनेसम्म फोहोरहरू सङ्कलन गरियो र पुनः प्रयोग गर्न सकिने स्रोतहरूलाई अलग छु्ट्याइयो ।
ललितपुर महानगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजु महर्जनले युवाहरूको स्वयंसेवा कार्यप्रति खुशी व्यक्त गर्दै फोहोर सङ्कलनमा सहयोग पुर्याउनु भयो। साथै ललितपुर महानगरपालिका स्थापना भएको प्रमुख कारण नै सरसफाई हो र यसले १०० वर्ष अघि बाट सरसफाई गर्दै आएको कुरा पनि बताउनु भयो। साथै कार्यक्रम लाई समर्थन जनाउन सप्तखेल टोल सुधार समितिकाे अध्यक्ष श्री चैत्य महर्जन ज्यू, सप्तखेल महिला समूह मिसपुचा काे अध्यक्ष शोभा तण्डुकार ज्यू, सप्तखेल युवा क्लबको अध्यक्ष दिनेश बज्राचार्य ज्यू, र We love you Foundation काे अध्यक्ष किशोर साम्सुहाङकाे नेतृत्वमा कार्यकम सफलतापूर्वक गरिएको थियो। साथै उपस्थित प्रमुख अथिति र अतिथिहरु खुसी साथ Sustainable Developmet Goal ( SDGs) हस्ताक्षरमा पनि सहभागी हुनुभयो।
साथै उपास्थित टोल सुधार अध्यक्ष ज्यू ले आज यस्तो महान वातावरण सरसफाई मा आमन्त्रण गर्नु भएको मा ASEZ WAO लाई धन्यवाद वक्त गर्नुभयो।
ASEZ WAO भन्ने सङ्गठनको नाममा Save the Earth from A to Z पृथ्वीलाई सुरुदेखि अन्त्यसम्म बचाऔं’ र We Are One Family हामी एउटै परिवार हौं’ भन्ने वाक्यांश संयोजन भएर ‘हामी एउटै परिवार भएर सुरुदेखि अन्त्यसम्म पृथ्वीलाई बचाऔं’ भन्ने अर्थ समावेश छ । यो समूह नेपालमा मात्र नभएर अमेरिका, बेलायत, पेरु, भारत लगायत विश्वभरि नै सक्रिय छ । सरकारी तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट युवाहरूको परोपकारी कार्यको लागि मान्यतास्वरूप ५४० भन्दा बढी अवार्डहरू प्रदान गरिएको छ, जसमा अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, पेरुको राष्ट्रिय सभाका अध्यक्षबाट प्रशंसा-पत्र, अन्तर्राष्ट्रिय वातावरण अवार्ड रहेको ग्रीन वल्र्ड अवार्ड र ग्रीन एप्पल अवार्ड इत्यादि छन् ।
ASEZ WAO आबद्ध रहेको परमेश्वरको मण्डलीचाहिँ १७५ वटा देशहरूमा ७,८०० वटाभन्दा बढी ठाउँहरूमा भएको विश्वव्यापी मण्डली हो । मण्डलीका करीब ३९ लाख २० हजार सदस्यहरूले बाइबलअनुसार पिता परमेश्वर र माता परमेश्वरमा विश्वास गर्छन् र “आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू” भन्ने ख्रीष्टको शिक्षालाई कार्यान्वयन गरिरहेका छन् । नेपालमा गत जुन महिनासम्म ५७,४३७ जनाले ९५८ पटकसम्म विभिन्न स्वयंसेवा गतिविधिहरू गरेका छन् । विश्वव्यापी रूपमा, वातावरण संरक्षण, प्रकोप राहत, छिमेकीलाई सहयोग, रक्तदान अभियान, र सांस्कृतिक आदानप्रदान जस्ता गतिविधिहरू ३१,१०० पटकभन्दा बढी गरिएको छ । परमेश्वरको मण्डलीले संयुक्त राज्य अमेरिकाबाट तीन वटा राष्ट्रपति स्वयंसेवा अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, कोरियाबाट तीन वटा राष्ट्रपति अवार्ड, ब्राजिलको विधायिकी पदक, पेरुको सर्वोत्कृष्ट वातावरण अवार्ड, राष्ट्रिय सभाबाट सम्मान पदक जस्ता ५,२०० भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news





Total views : 338694






