राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकै व्यक्तिमा तेस्रो पटकको मृगौला प्रत्यारोपण सफल | Jana Aawaj News

Bhaktapur Hospital

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकै व्यक्तिमा तेस्रो पटकको मृगौला प्रत्यारोपण सफल

पढ्न लाग्ने समयः < 1 मिनेट
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकै व्यक्तिमा तेस्रो पटकको मृगौला प्रत्यारोपण सफल : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रो पटक पनि सफलताका साथ मृर्गौला प्रत्यारोपण गरी इतिहास रचेको छ । आज भन्दा १३ दिन अघि मिति २०८२ भाद्र ९ गते सुदूरपश्चिम प्रदेशका पूर्व मन्त्री तथा माननीय लक्ष्मण किशोर चौधरीको तेस्रो पटक सफलतापूर्वक मृगौला प्रत्यारोपण सम्पन्न गरिएको हो ।

सामान्यतया मृगौला प्रत्यारोपण एकपटक सफल भएपछि लामो समयसम्म प्रत्यारोपित मृगौलाले काम गर्ने गर्दछ तर विभिन्न कारणहरू जस्तै इम्युनोलोजिकल अस्वीकार, संक्रमण, क्रोनिक अलोग्राफ्ट नेफ्रोप्याथी लगायतका समस्याले पहिले प्रत्यारोपण गरिएको मृगौला असफल हुन सक्ने सम्भावना रहन्छ । यस्तो अवस्थामा दोस्रो प्रत्यारोपण गरिन्छ । तर तेस्रो पटक प्रत्यारोपण गर्नुपर्ने अवस्था भने अत्यन्तै दुर्लभ हुने, प्राविधिक जटिलता, औषधीय चुनौती तथा दाता पाउन समेत कठिनाइ हुने र जोखिम झनै बढी हुने हुँदा तेस्रो प्रत्यारोपण संसारमै सीमित मात्रामा हुने गरेको छ । बेलायतमा भने डा पुकारले यस्तो जोखिमपूर्ण प्रत्यारोपण गरेको अनुभव भएको हुँदा नेपालमा पनि संभव भएको जानकारी गराउनुभयो ।

माननीय चौधरी मृर्गौला प्रत्यारोपण कै लागि आफ्नो मन्त्री पद त्यागेर आउनुभएको हो । उहाँको पहिलो मृगौला प्रत्यारोपण भारतमा, वि सं. २०७२ मा दोस्रो र हालको तेस्रो प्रत्यारोपण यसै केन्द्रमा डा.पुकार चन्द्र श्रेष्ठकै नेतृत्वमा भएकोे हो । मा.चौधरीको तेस्रो प्रत्यारोपण ‘पेयर एक्सचेन्ज’ प्रणाली अन्तर्गत गैर नातेदारबीच अंग साटासाट गरी गरिएको हो ।

नेपालमा एकै व्यक्तिमा दोस्रो पटकको मृगौला प्रत्यारोपण वीर अस्पतलमा डा पुकारबाट सन् २०१० मै शुर भएको हो । तर तेस्रो प्रत्यारोपण भने अत्यन्तै दुर्लभ उपलब्धि हो । यसरी सम्पन्न भएको प्रत्यारोपणले नेपालमा अंग प्रत्यारोपण सेवाको स्तर विश्वस्तरीय क्षमता र दक्षतासँग मेल खाने स्तरमा पुगेको प्रमाणित गरेको भएको ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको तेह्र वर्षमा १५०२ सफल मृगौला प्रत्यारोपण तथा ३५ जनामा कलेजो प्रत्यारोपण समेत सम्पन्न गरिसकेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 गोकर्णेश्वरको बागमती कोरिडोरमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
2 राजमार्ग सरसफाईसँगै रोपिएका बिरुवाको संरक्षणमा अभियानको सक्रियता निरन्तर
3 अन्तर्राष्ट्रिय वी लभ यु फाउन्डेसनद्वारा धुलिखेलमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
4 नेपालगञ्जमा ‘क्लिन वर्ल्ड अभियान’: १५० जनाको सहभागितामा रत्नराजमार्ग सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x