
जन आवाज न्युज/काठमाडौं भदौ, ३० गते । काठमाडौंमा आज दिउँसो दिनभर बदली हुने भएको छ । बदली र वर्षा हुने जल तथा मौसम विज्ञान विभागले बताएको छ ।
“काठमाडौंमा बिहानैदेखि वर्षा भइरहेको छ । गएराति पनि मध्यम वर्षा भएको थियो भने आज बिहानैबाट सुरु भएको वर्षा दिउँसो र राति पनि हुने भएको छ ।
दिउँसो र राति वर्षा हुने भए पनि भारी वर्षाको सम्भावना भने नरहेको बताइएको छ । “दिनभरी नै वर्षा हुने होइन । केही समयमा रहने र पुनः वर्षा हुनेछ । भारी वर्षाको सम्भावन भने नरहेको बताइएको छ ।भोलिबाट वर्षा केही कम हुने मौसमविद् जानकारी दिएका छ्न ।
गएराति लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षामापन भएको थियो । काठमाडौंमा मध्यम वर्षा भएको थियो ।
आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा राति भारी वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास र अरब सागर तथा बङगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले धेरै भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।

-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related



















Total views : 351266










