जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषण र मृतकका परिवारलाई १० लाख दिने निर्णय | Jana Aawaj News

जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषण र मृतकका परिवारलाई १० लाख दिने निर्णय

पढ्न लाग्ने समयः < 1 मिनेट
जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषण र मृतकका परिवारलाई १० लाख दिने निर्णय : Jana Aawaj News

जन आवाज न्युज/काठमाडौं भदौ, २९ गते । सरकारले जनेजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गरेको छ । पदभारपछि पहिलो निर्णयमा हस्ताक्षर गर्दै अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले यस्तो निर्णय गर्नुभएको छ।

यसैगरी घाइतेको निःशुल्क उपचार र मृत्यु भएकाहरूको परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय समेत गर्नुभएको छ ।
साथै जेनजी प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको परिवार काठमाडौंमा बस्दा लागेको खर्च सबै सरकारले ब्यहोर्ने निर्णय गरेको बताउनुभयो ।

आइतबार पदभार ग्रहणपछि सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री कार्कीले यसबारे जानकारी दिदै मृतकको शवलाई आफ्नो स्थानीय क्षेत्रमा पुर्‍याउन चाहनेलाई सवारी साधनको व्यवस्था पनि गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 आरक्षण स्कुलको आयोजनामा नेसनल प्याव्सनको एकल गायन प्रतियोगिता सम्पन्न 
2 भक्तपुरमा स्वस्थ मुटु सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
3 २८ जना स्रष्टाले ‘सः दबू साहित्य’मा रचना वाचन गरे
4 Asez star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न