
जन आवाज न्युज/काठमाडौं भदौ, २९ गते । सरकारले जनेजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गरेको छ । पदभारपछि पहिलो निर्णयमा हस्ताक्षर गर्दै अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले यस्तो निर्णय गर्नुभएको छ।
यसैगरी घाइतेको निःशुल्क उपचार र मृत्यु भएकाहरूको परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय समेत गर्नुभएको छ ।
साथै जेनजी प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको परिवार काठमाडौंमा बस्दा लागेको खर्च सबै सरकारले ब्यहोर्ने निर्णय गरेको बताउनुभयो ।
आइतबार पदभार ग्रहणपछि सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री कार्कीले यसबारे जानकारी दिदै मृतकको शवलाई आफ्नो स्थानीय क्षेत्रमा पुर्याउन चाहनेलाई सवारी साधनको व्यवस्था पनि गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
- 
        Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
- 
        Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
- 
        Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
- 
        Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news







 Total views : 295461
 Total views : 295461
 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                        



